५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरका शिक्षक, कर्मचारीहरुले आज कालो मास्क लगाएर मौन जुलुस निकाल्दै

२५ चैत्र २०८१, सोमबार ११:५९

काठमाडौँ | काठमाडौँ केन्द्रित आन्दोलनलाई निरन्तरता दिइरहेका देशभरका शिक्षक, कर्मचारीहरुले आज सोमबार कालो मास्क लगाएर मौन जुलुस निकाल्ने भएका छन्।

यसअघि हिजो आइतबार सिट्ठी जुलुस निकालिएको थियो। आज कालो मास्क लगाएर काठमाडौँको माइतघर मण्डलामा भेला भइ मौन जुलुस निकालिने भएको हो।विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग अघि सार्दै नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो। यसबीचमा सरकारले पटकपटक वार्तामा बस्न बोलाए पनि आन्दोलनकारीले अस्वीकार गर्दै आएका छन्।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मौन जुलुसमा सहभागी हुन आग्रह गरेका छन्।

उनले भनेका छन्–
‘कालो मास्कसहित ११ः०० बजे माइतीघर मण्डलामा उपस्थित हुनुहुन सबै शिक्षक–कर्मचारी साथीहरुमा हार्दिक अनुरोध छ।

काठमाडौँ आइपुग्न बाँकी रहेका आदरणीय साथीहरू, अब त स्कुल सबै बन्द भए, अब काठमाडौँ आउन कुनै बाधा छैन। हामी तपाईंलाई पर्खिरहेका छौं। सम्झिरहेका छौं। तपाईलाई काठमाडौँमा भेटेर सँगै जुलुसमा जान र नारा लगाउन मन छ। के हामीलाई त्यो अवसर प्राप्त होला? तपाईंहरु काठमाडौ कहिले आउनुहुन्छ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : पृथ्वीसुब्बा गुरुङ घनश्याम उपाध्यायले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ