२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरका शिक्षक, कर्मचारीहरुले आज कालो मास्क लगाएर मौन जुलुस निकाल्दै

२०८१, २५ चैत्र सोमबार ११:५९

काठमाडौँ | काठमाडौँ केन्द्रित आन्दोलनलाई निरन्तरता दिइरहेका देशभरका शिक्षक, कर्मचारीहरुले आज सोमबार कालो मास्क लगाएर मौन जुलुस निकाल्ने भएका छन्।

यसअघि हिजो आइतबार सिट्ठी जुलुस निकालिएको थियो। आज कालो मास्क लगाएर काठमाडौँको माइतघर मण्डलामा भेला भइ मौन जुलुस निकालिने भएको हो।विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग अघि सार्दै नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो। यसबीचमा सरकारले पटकपटक वार्तामा बस्न बोलाए पनि आन्दोलनकारीले अस्वीकार गर्दै आएका छन्।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मौन जुलुसमा सहभागी हुन आग्रह गरेका छन्।

उनले भनेका छन्–
‘कालो मास्कसहित ११ः०० बजे माइतीघर मण्डलामा उपस्थित हुनुहुन सबै शिक्षक–कर्मचारी साथीहरुमा हार्दिक अनुरोध छ।

काठमाडौँ आइपुग्न बाँकी रहेका आदरणीय साथीहरू, अब त स्कुल सबै बन्द भए, अब काठमाडौँ आउन कुनै बाधा छैन। हामी तपाईंलाई पर्खिरहेका छौं। सम्झिरहेका छौं। तपाईलाई काठमाडौँमा भेटेर सँगै जुलुसमा जान र नारा लगाउन मन छ। के हामीलाई त्यो अवसर प्राप्त होला? तपाईंहरु काठमाडौ कहिले आउनुहुन्छ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ