३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन: उद्घाटन भृकुटीमण्डप, बन्दसत्र कीर्तिपुरमा

२० श्रावण २०७४, शुक्रबार ०४:२९

साउन २०, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट रहेको अनेरास्ववियु (क्रान्तिकारी) २१ औँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । 

आउँदो भदौ ७ देखि ११ गतेसम्म नयाँ नेतृत्वका लागि सम्मेलन गर्न थालिएको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उद्घाटन भृकुटीमण्डप र बन्दसत्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा हुनेछ । 

क्रान्तिकारीका अध्यक्ष न्यौपानेले यसपटकको सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस राष्ट्रिय मुद्दालाई प्रमुखताका साथ उठाउने बताउनुभयो । उहाँले समाजवाद शिक्षा प्रणालीका बारेमा प्रमुख मुद्दा हुने बताउनुभयो । 

“संविधानले नै मुलुक अब समाजवादतर्फ उन्मुख हुने कुरा गरेको छ”– उहाँले भन्नुभयो, “त्यहीअनुसार अब हामी सम्मेलनबाट समाजवादी शिक्षा प्रणालीका बारेमा कुरा उठाउछौँ ।” सम्मेलनले २५ पदाधिकारीसहित १९९ जना केन्द्रीय कमिटी चयन गर्नेछ । 

एक अध्यक्ष, सात उपाध्यक्ष (तीन खुला र महिला, जनजाति, मधेशी तथा मनोनित गरी एक/एक जना) एक महासचिव, तीन उपमहासचिव (दुई खुला र एक महिला) १३ सचिव (सात प्रदेशका दुईजना महिला र एक/एक जना दलित, जनजाति, मधेशी र विश्वविद्यालयका) र एक कोषाध्यक्ष हुनेछन् । निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिने क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताउनुभयो । 

उहाँले सहमतिको प्रयास गरिने र सम्भव नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिने बताउनुभयो । उहाँका अनुसार पदाधिकारी हलबाट र केन्द्रीय सदस्य प्रदेशअनुसार निर्वाचित हुनेछन् । खुला केन्द्रीय सदस्यको प्रावधान राखिएको छैन । 

सम्मेलनमा दुई हजार ७६ प्रतिनिधिको सहभागिता रहनेछ । विभिन्न विद्यार्थी संगठनसँगको एकतापछि अहिले क्रान्तिकारीको ९९९ सदस्यीय अति ठूलो सम्मेलन आयोजक कमिटी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश