२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजपनि सडकमै शिक्षकहरु, प्रहरीसँग धकेलाधकेलको अवस्था

२८ चैत्र २०८१, बिहीबार १३:४९

काठमाडौँ | आफ्ना मागहरू सम्बोधन नभएको भन्दै शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलतका कार्यक्रमहरू गरिरहेका छन्। विभिन्न जिल्लाबाट राजधानी काठमाडौँमा भेला भएका शिक्षकहरूले आज पनि माइतीघर मण्डलादेखि नयाँ बानेश्वर जाने बाटो ओगटेर आन्दोन गरिरहेका हुन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विगतका सबै सहमती सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्ने माग राख्दै चैत्र २५ गतेदेखि काठमाडौँमा शैक्षिक हड्ताल सहित जुलुस तथा विरोध सभा कार्यक्रम गर्दै आएको छ। जसअनुसार आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वर जाने क्रममा आफूहरूले सुरक्षा कर्मलाई बिजुली बजार पुल बाट सडखण्डको ३ वटै लेनमा कार्यक्रम हुने जानकारी गराएको भनेका थिए। तर, सुरक्षाकर्मीले रोक्ने कोसिस गर्दा एकछिन धकेला धकेल-पनि भएको थियो भने बानेश्वरबाट आएका केही गाडीहरु अवरोधमा परेका थिए। सुरक्षाकर्मीले हटाउन नसके पछि त्यसपछि अवरोधमा परेको गाडीलाई शिक्षक आफैले ब्याक गराएर पठाएका थिए।

आफूहरू आन्दोलनमा उत्रिएको यतिबा दिन हुँदा पनि सरकार यस विषयमा गम्भीर नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। यता, सरकारले भने शिक्षकलाई वार्तामा बोलाए पनि उनीहरू नआएको बताउँछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली