साउन २१, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्ने विकल्पबारे छलफल सुरु गरेको छ । 

अहिलेसम्म तीनवटा विकल्प देखिएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्ने विकल्पबारे छलफल सुरु गरेको छ । 

अहिलेसम्म तीनवटा विकल्प देखिएका"/>

2026-09-22 05:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघ र प्रदेशको निर्वाचन एकै दिन गर्न छलफल सुरु

साउन २१, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्ने विकल्पबारे छलफल सुरु गरेको छ । 

अहिलेसम्म तीनवटा विकल्प देखिएका छन्, त्यसमाथि आयोगले छलफल गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीलाई प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन कति सम्भव छ भनेर सोधेपछि आयोग विकल्पको खोजीमा लागेको हो । छलफल अहिले प्रारम्भिक चरणमै रहेको आयोगले जनाएको छ ।

एकै दिन निर्वाचन गर्न तीन विकल्प

१. प्रदेश सभा र प्रतिनिधिसभाको एउटै मतपत्र

निर्वाचन आयोग प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र बनाउन सकिने छलफलमा छ । त्यसो हुँदा प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि एउटा र समानुुपातिकतर्फका लागि अर्को मतपत्र हुनेछ । मतदाताले दुईवटा मतपत्रमा मतदान गरे पुग्छ । तर, यो विधि अपनाउँदा प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रभित्र प्रदेशका दुईवटा निर्वाचन क्षेत्र अटाउनुपर्ने हुन्छ । आयोगले यस विषयमा निर्वाचन क्षेत्र निर्धारण आयोगसँग छलफल गर्ने तयारी गरेको छ ।

२. प्रत्यक्ष र समानुपातिक प्रणालीको एउटै मतपत्र 

आयोगले प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि एउटै मतपत्र बनाएर प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्न सकिने विकल्प पनि अघि सारेको छ । यो विकल्पअनुसार प्रदेश सभा र प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मतलाई नै दलले समानुपातिकतर्फ पाएको मत मानिने छ । यो विधि अनुसार एउटा दलको प्रत्यक्षको उम्मेदवारलाई मत दिएर समानुपातिकमा अर्को दललाई मत दिन भने पाइने छैन ।

३. विद्युतीय मतदान उपकरण 

आयोगले दुवै निर्वाचन एकै दिन गर्न तेस्रो विकल्पमा विद्युतीय मतदान उपकरणको उपयोगलाई लिएको छ । सुगम क्षेत्रमा विद्युतीय मतदान उपकरण उपयोग गरेर बाँकी क्षेत्रमा मतपत्रकै प्रयोग गर्न सकिन्छ । ‘विद्युुुतीय मतदान उपकरणको प्रयोग पनि एउटा विकल्प हो, तर समय र खरिद प्रक्रियाका कारण तत्काललाई भरपर्दो भइसकेको छैन,’ निर्वाचन आयुक्त इला शर्माले भनिन् ।

चार मतपत्र हुँदाका चार जटिलता

१. मतपत्र छपाइमा समस्या 

प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गरे पनि चारवटा मतपत्र हुँदा आयोगलाई व्यवस्थापन गर्न कठिन हुनेछ । मतदातालाई मतदान गर्न झन्झट हुनुका साथै मतगणनाको व्यवस्थापनमा समेत समस्या हुनेछ । आयोगका अनुसार एक करोड ६० लाख मतपत्र छाप्न कम्तीमा २० दिन लाग्छ ।

प्रदेश सभा र प्रतिनिधिसभा दुवैका लागि फरक–फरक मतपत्र छाप्ने हो भने तीन करोड २० लाख मतपत्र छाप्न ४० दिन लाग्छ । साथै, ढुवानीका लागि कम्तीमा २० दिन लाग्नेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छाप्न सकिनेछैन । पूर्वानुमानका भरमा मतपत्र छाप्दा अरू जटिलता हुनेछ ।

२. मतपेटिका अपुग

आयोगसँग अहिले करिब ८० हजार मतपेटिका छन्, ती अपुग हुनेछन् । १८ हजार ५७३ मतदान केन्द्र छन् । आयोगका अनुसार प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्ने र चारवटा मतपत्र प्रयोग गर्ने हो भने दोब्बर संख्यामा मतपेटिका आवश्यक हुन्छ ।

३. जनशक्ति अभाव 

एकैपटक चारवटा मतपत्रमा मतदान गर्नेगरी निर्वाचन गर्न आयोगलाई कर्मचारी र सुरक्षाकर्मीको अभाव हुनेछ । स्थानीय तहको निर्वाचनमा एक लाखभन्दा बढी कर्मचारी खटिएका थिए । नेपाल प्रहरी, सशस्त्रबाहेक ७५ हजार म्यादी प्रहरी पनि थिए । आयुक्त शर्माका अनुसार कर्मचारी र सुरक्षाकर्मी सबै दोब्बरभन्दा बढी संख्यामा आवश्यक पर्छ ।

४. समयको चाप

निर्वाचनको तयारीका लागि समयको चाप हुनेछ । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन मंसिरभित्र गरिसक्नुपर्नेछ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन तयार गरिनसकेकाले अझै केही समय लाग्नेछ । साथै, निर्वाचन मिति तय नभएकाले मतदाता शिक्षादेखि प्राविधिक तयारीमा समय लाग्नेछ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ