२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योगमन्त्री भण्डारीले सरकारले औद्योगिक पूर्वाधार निर्माणमा जोड दिएको बताए

२०८१, २८ चैत्र बिहीबार १५:१७

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले २९ वटा कानुन सुधार गरेकाले मुलुकमा लगानीको वातावरण सहज बनेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ भण्डारीले सरकारले औद्योगिक पूर्वाधार निर्माणमा समेत जोड दिएको बताए ।

‘निजी क्षेत्र र सरकार सम्मिलित नेपालको उद्योग संवाद परिषद् गठन गरिएको छ, त्यसअन्तर्गत ५ वटा समिति बनेको छ,’ उनले भने, ‘उक्त परिषद्‍‍मा २५ जना उद्योगी सहभागी छन् । ‘ सन् २०२६ मा नेपाल अति विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नति हुने भएकाले सहज र दिगो स्तरोन्नतिका लागि लगानीमैत्री वातावरण सिर्जना गर्दै अघिबढ्नु पर्ने उनको भनाइ छ ।

सरकारले सुरु गरेको नीतिगत सुधारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै अर्थतन्त्रलाई लयमा फर्काउन सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ