२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए

२९ चैत्र २०८१, शुक्रबार १४:०२

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकका दुई ठूला राजनीतिक दलको सहमतिमा निर्माण भएको वर्तमान सरकारको प्रमुख प्राथमिकता संविधान संशोधनसहित नागरिकलाई सुशासन दिने र अर्थतन्त्रलाई चलायमान बनाउने रहेकाले सोही अनुसार काम भइरहेको बताएका छन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले आज भैरहवास्थित गौतमबुद्व अन्तरराष्ट्रिय बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै आम जनताको अपनत्व हुनेगरी संविधान संशोधन प्रक्रिया अघि बढेको र सुशासन कायम गर्नेगरी काम भइरहेको बताए ।उनले सत्ताघटक दुई ठूलन पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरू सम्मिलित कार्यदलले संविधान संशोधनका विषय पहिल्याउने गरी काम गरिरहेको जानकारी दिए ।

सञ्चारमन्त्री गुरुङले प्रारम्भिक चरणमा संविधानका सबल र दुर्वल पक्षमा छलफल गरी संशोधन गर्नुपर्ने विषय पहिचान गरी त्यसमा अन्य सत्तारूढ दलहरूसँगको छलफलपछि साझा अवधारणासहित प्रतिपक्ष दलहरूसँग समेत छलफल गरी मुलुकका सबै राजनीतिक पार्टीहरूको सहमतिमा संविधान संशोधन गरिने स्पष्ट गरे । उनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन सरकारका तर्फबाट आवश्यक गृहकार्यसहित तयार गरिएको १० बुँदे कार्ययोजना कार्यान्वनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जुटरहेको जानकारी दिए । गुरुङले अन्तरराष्ट्रिय विमानस्थल बनेपछि त्यसको सञ्चालनमा सरकार नै लाग्नुपर्छ भनेरै १० बुँदे कार्ययोजना पारित गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह