२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी

२९ चैत्र २०८१, शुक्रबार १६:४५

काठमाडौँ | राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी परेको छ । चैत १५ गते शुक्रबार काठमाडौँको प्रदर्शनको क्रममा भएको हुलदंगाको क्षतिको ५ करोड ४९ हजार ४२१ रुपैयाँ बराबरको माग दाबी परेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार १२ वटा निर्जीवन बीमा कम्पनीहरूमा उक्त रकम बराबरको बीमा दाबी परेको छ । यी कम्पनीमा ५० वटा दाबी पेस भएको छ । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले मात्रै दाबी भुक्तानी गरेको छ । शिखर इन्स्यारेन्समा ४ लाख ९८ हजार २१३ रुपैयाँ बराबरको पाँच वटा माग दाबी परेको छ । दाबी परेका सबै भुक्तानी यस कम्पनीले दिइसकेको छ । अन्य दाबी परेका ११ कम्पनीहरूले भने हालसम्म भुक्तानी गरेका छैनन् ।

सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीमा दाबी पेस परेको छ । यस कम्पनीमा १ करोड २७ लाख रुपैयाँ बराबरको २ वटा बीमा दाबी पेस भएको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको ९ वटा दाबी परेको छ।त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७५ लाख ४९ हजार माग दाबी परेका छ भने नेको इन्स्योरेन्स कम्पनीमा ५२ लाख रुपैयाँ बराबरको परेको छ ।

दि।ओरिएन्टल इन्स्योरेन्समा ४७ लाख ५० हजार, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार, हिमालय एभरेष्ट इन्स्योरेन्समा २२ लाख, आइजीआई प्रूडेन्सियलमा १७ लाख ६० हजार, नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार र प्रभु इन्स्योरेन्समा ५० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह