साउन २२, काठमाण्डौ । रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको चाैथाे वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएकाे छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २२, काठमाण्डौ । रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको चाैथाे वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएकाे छ । <"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोयल एवान फास्ट फुड ग्रुपकाे दोश्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन

२२ श्रावण २०७४, आईतवार ०३:१४



साउन २२, काठमाण्डौ ।
रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको चाैथाे वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएकाे छ ।

शनिबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर वलाएरकाे प्रमुख आतिथ्यतामा चावहिल स्थित ए वान क्याफे एन्ड पार्टीप्यालेसमा सम्पन्न भएकाे हाे ।
दोश्रो अधिबेशनले हरिबहादुर श्रेठ (नवीन)काे नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।

नवगठित कार्यसमितिको उपाध्यक्ष रामकुमार श्रेष्ठ (दिनेश ), सचीव राकेश श्रेष्ठ, सहसचिव हिमाल श्रेष्ठ कोषाध्यक्ष भिम बहादुर श्रेष्ठ चयन हुनुभएकाे छ ।
त्यसैगरी सदस्यहरुमा राजकुमार श्रेष्ठ, पदम कुमार श्रेष्ठ, नारायण श्रेष्ठ, मिलन काजी राई, देबेन्द्र कुमार श्रेष्ठ ,शेर ब श्रेष्ठ, टीकाराम श्रेष्ठ, टाकादाश श्रेष्ठ, युबराज श्रेष्ठ,भक्त केसी रहेको सचिव राकेश श्रेष्ठले जानकारी दिनुभयाे ।


कार्यक्रममा कार्यक्रममा रोयल ए–वान फास्टफुड ग्रुपले मन्त्री बलाएरलाई सम्मान गर्नुका साथै सफल कार्यकालकाे शुभकामना दिएकाे छ । त्यसैगरी फास्टफुट ग्रुपमा अावद्ध विभिन्न व्यक्ति तथा संस्था र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेकाे छ ।

कार्यक्रममा खाडादेवी गाउँपालिकाकि उपाध्यक्ष मखमलि श्रेष्ठले महिलाहरू उद्यमशिलतामा लागेर अार्थिक रूपमा सक्षम बन्न सक्ने धारणा राख्नुभयाे ।


उहाँले फास्टफुड ग्रुपमा महिलाहरूकाे पनि महत्त्वपूर्ण याेगदान रहेकाे स्पष्ट पार्नुभयाे । श्रेष्ठले महिला समुहहरू स्थापना गरेर उनीहरूकाे सीप विकासमा अगाडि बढ्नुपर्ने अावश्यकता रहेकाे स्पष्ट पार्नुभयाे ।

कार्यक्रममा अन्य वक्ताहरूले दुर्गम जिल्ला रामेछापबाट काठमाण्डौं अाएर बसेका व्यक्तिहरूकाे लगानीबाट स्थापना भएकाे व्यवसायले राेजगारकाे अवसर सिर्जना हुनुकाे साथै मुलुककाे अार्थिक विकासमा टेवा पुग्न मद्दत पुगेको बताए ।

उनीहरूले अापसि मेलमिलापले मात्रै संस्थालाई अगाडि बढाउन सकिने बताएका छन् ।

हाल ग्रुपले राजधानीका विभिन्न क्षेत्रमा हाेटल व्यवसाय सञ्चालन गर्दै अाएकाले अब देशका अन्य भु भागमा समेत व्यवसायलाई विस्तार गर्ने याेजना रहेकाे सचीव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता