२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी

२०८२, ५ बैशाख शुक्रबार १५:३०

काठमाडौँ | तिनकुने घटनामा हाल हिरासतमा रहेका राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी गरिएको छ । क्यान्सर रोगबाट पिडित रहेका महामन्त्री राणाले भारतको मुम्बईमा उपचार गराइरहेका छन् । उनी गत पुसमा मात्र भारतमा उपचार गरेर फर्किएका थिए ।

गृह मन्त्रालय स्रोतका अनुसार राणालाई उपचारको फलोअपका लागि जान दिने र फर्केपछि कानुनी कारवाही गर्ने गरि छोड्ने तयारी गरिएको छ । चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ राणासहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीको पक्राउ गरेको थियो ।

यसैबीच राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको जनान्दोलन परिचालन समितिले पनि एक विज्ञप्ति जारी गर्दै सरकारले राणालाई उपचारका लागि जान रोकेको र राणालाई पूर्ववत् चिकित्सक र अस्पतालमै उपचार गराउने व्यवस्थाका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार समुदायसँग आवाज उठाइदिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड