2026-10-20 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी

काठमाडौँ | श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पछिल्लो अभिव्यक्तिले राष्ट्रघाती बदनियत प्रस्ट पारेको टिप्पणी गरेको छ । सोमबार (जेठ १८) विज्ञप्ति जारी गर्दै श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत जानुअघि उक्त देशलाई रिझाउन हो या किन त्यस्तो अभिव्यक्ति दिएको ? भन्दै प्रश्न गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, “कहिल्यै नआउने र नबोल्ने प्रधानमन्त्री सदनमा आएर रोस्ट्रममा उभिएर ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुले हाम्रो सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने हाम्रो मागलाई सामसुम पार्ने, नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रस्ट पारेको छ ।”

पूर्वतालिकाबिना जेठ १७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहलाई बोलाएको साम्पाङले आरोप लगाएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रियजगत्मा नेपालको छवि र स्थिति के हो भन्नेबारे गम्भीर अस्पष्टता व्यक्त गरेको उनको भनाइ छ । सरकारले सीमा क्षेत्रमा सेनालाई चियाउन समेत नपठाउनु, उल्टै नेपालले भारतको सीमा धेरै ठाउँहरूमा मिचेको भन्नुले सीमारक्षा र भौगोलिक अखण्डताप्रति प्रधानमन्त्री र सरकार प्रतिबद्ध नरहेको भन्दै साम्पाङले अपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ