2026-09-30 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी

काठमाडौँ | श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पछिल्लो अभिव्यक्तिले राष्ट्रघाती बदनियत प्रस्ट पारेको टिप्पणी गरेको छ । सोमबार (जेठ १८) विज्ञप्ति जारी गर्दै श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत जानुअघि उक्त देशलाई रिझाउन हो या किन त्यस्तो अभिव्यक्ति दिएको ? भन्दै प्रश्न गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, “कहिल्यै नआउने र नबोल्ने प्रधानमन्त्री सदनमा आएर रोस्ट्रममा उभिएर ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुले हाम्रो सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने हाम्रो मागलाई सामसुम पार्ने, नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रस्ट पारेको छ ।”

पूर्वतालिकाबिना जेठ १७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहलाई बोलाएको साम्पाङले आरोप लगाएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रियजगत्मा नेपालको छवि र स्थिति के हो भन्नेबारे गम्भीर अस्पष्टता व्यक्त गरेको उनको भनाइ छ । सरकारले सीमा क्षेत्रमा सेनालाई चियाउन समेत नपठाउनु, उल्टै नेपालले भारतको सीमा धेरै ठाउँहरूमा मिचेको भन्नुले सीमारक्षा र भौगोलिक अखण्डताप्रति प्रधानमन्त्री र सरकार प्रतिबद्ध नरहेको भन्दै साम्पाङले अपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री