2026-10-19 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला

काठमाडौँ | झापाको दमक नगरपालिका–१०, सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि शंकास्पद अवस्थामा महिलाको शव फेला परेको छ । शनिबार बिहान करिब ११ बजे सेतो प्लाष्टिकको बोरामा पोको पारिएको शव फेला परेको हो । अन्दाजी ३०–३२ वर्षीया महिलाको शवको पहिचान खुलेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काका अनुसार बोरा भित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा अन्तकतैबाट शव ल्याएर पुल माथिबाट फालेको जस्तो देखिन्छ । प्रहरीका अनुसार शव २–३ दिन पुरानो हुनसक्ने अनुमान छ ।

मृतक महिलाले रातो रङको भेष्ट र जिन्सको पेन्ट लगाएकी छिन् । महिलाको देब्रो हातमा ट्याटु पनि छ । डिएसपी खड्काका अनुसार शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । महिलाको ट्याटु र हुलियाका आधारमा प्रहरीले पहिचानको प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ