2026-07-04 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा आन्दोलनको रणनीति परिवर्तन,बिजुलीबजारमा मात्रै केन्द्रित

काठमाडौँ | राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको आन्दोलनको रणनीति परिवर्तन गरेको छ। यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन निकाल्ने तयारी गरेको थियो। तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुलीबजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए। उनका अनुसार अब बालुवाटार र भद्रकालीबाट र्‍याली निस्कँदैन।

सशक्त आन्दोलनमा होमिएको राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुलीबजारमा भेला हुन थालेका छन्। त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्नेछन् । र्‍याली बिजुलीबजारबाट बानेश्वरतिर आएर निषेधित क्षेत्र तोड्ने तयारी गरेको तामाङले बताए। उनले सामूहिक गिरफ्तारीबारे अहिले कुनै निर्णय नभएको र आन्दोलनको परिस्थिति हेरेर त्यही हुने बताए।

यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो। उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन नसके पनि राप्रपाले आन्दोलनलाई निरन्तरता दिँदैछ। राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारी पक्ष सैह्य नहुने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो