२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने

२०८२, ७ बैशाख आईतवार १५:४८

काठमाडौँ | ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणमा कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार नेपाल आउने भएका छन् । भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको केभी प्रसारण लाइन तथा सबस्टेसन उद्घाटनका लागि नेपाल आउने भएका हुन् । मंगलबार खट्टर र खड्काले संयुक्तरूपमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारणलाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेसन, २२०/३३ केभी बानेश्वर सवस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सवस्टेसनको उद्घाटनको कार्यक्रम छ ।

गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्‌मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । उनले सोहीदिन भारतले निर्माण गरेको अरूण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन् । सोहीदिन दुई देशले संयुक्तरूपमा निर्माण गर्न लागेको प्रसारणलाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षरको कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यस्तै, वैशाख १० गते भारतका विद्युत्‌मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

सोहीदिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । विद्युत्‌मन्त्री खट्टरले सोहीदिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो