साउन २३, काठमाडौँ । सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन । 

ट्याक्सीमा यात्रा गर्ने यात्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, काठमाडौँ । सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन । 

ट्याक्सीमा यात्रा गर्ने यात्र"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्याक्सीमा प्रिन्टर मेसिन जडान: बिल पाउँदैनन् यात्रु

२३ श्रावण २०७४, सोमबार ११:१२


साउन २३, काठमाडौँ । सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन । 

ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन् । 

काठमाडौँ रानीबारीकी संगीता श्रेष्ठ रानीबारीबाट बालुवाटारसम्म ट्याक्सीमा जाँदा रु २०० तिर्नुप¥यो । रानीबारीबाट बालुवाटारसम्मको ट्याक्सी भाडा मिटरमा जाँदा धेरैमा रु १५० सम्म पर्छ । उहाँ न त मिटरमा जान पाउनुभयो, न बिल नै पाउनुभयो । 

लैनचौरबाट नक्साल जान नवीन काफ्लेले रु १५० तिर्नुप¥यो । जहाँ मिटरमा जाँदा एकसय रुपैयाँ पनि लाग्दैन । उहाँलाई मिटर बिग्रेको छ भनेर सवारी चालकले बिल र मिटरबिनै रु १५० लिए । 

यी त केवल प्रतिनिधि घटना मात्र हुन् । काठमाडौँ उपत्यकामा दैनिक सयाँै यात्रु ट्याक्सीबाट ठगिरहेका छन् । यसको नियन्त्रणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिना बर्दीमा दैनिक १०÷१२ जना प्रहरीलाई खटाइरहेको छ । 

उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा बढी ठगी हुने गरेको भन्दै महाशाखाले उक्त क्षेत्रमा बिना बर्दी प्रहरी खटाएको हो । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल मिटरमा जान नमान्नु, बढी भाडा लिनु, ट्याक्सी बिल नदिने दैनिक २० देखि ३० ट्याक्सी चालकलाई कारबाही गरेको बताउनुहुन्छ । “दैनिक २०० को हाराहारीमा हामी ट्याक्सी जाँच गछौँ त्योमध्ये २० देखि ३० ट्याक्सी चालक कारबाहीमा पर्छन्,”– प्रमुख खनाल भन्नुहुन्छ । 

महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा ६ हजार ६९ ट्याक्सीलाई कारबाही गरेको छ । अघिल्लो आव २०७२÷७३ मा दुई हजार ८०१ ट्याक्सी कारबाहीमा परेका थिए । कारबाही परेका ट्याक्सीको राजश्व पहिले यातायात व्यवस्था कार्यालयले लिने गरेपनि अहिले महाशाखाले नै लिने जिम्मेवारी पाएको छ । 

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम प्रिन्टर मेसिन भरपर्दो नभएका कारण आफूहरुले यात्रुलाई बिल दिन नसकेको बताउनुहुन्छ । “महँगो शुल्कमा कमसल खालाका प्रिन्टर जडान गरेर काम गर्दा धुलो पसेर अधिकांश प्रिन्टर बिग्रिसकेका छन्, हामीले कसरी यात्रुलाई बिल दिन सक्छौँ,”– अध्यक्ष गौतमले भन्नुभयो । 

ट्याक्सीलाई बिल जडान गर्ने नाममा कमसल मेसिन भित्र्याएर राज्यको रु १४ करोड विदेशिएको भन्दै मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने अध्यक्ष गौतमको भनाइ छ । हाल काठमाडौँ उपत्यकामा नौ हजार ५०० ट्याक्सी सञ्चालनमा छन् । 

यस्तै नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधिको संयुक्त टोलीसमेत अनुगमनमा खटिएको छ । उक्त टोलीले गुडिरहेका ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटरमा गुडिरहेको छ की छैन् भनेर अनुगमन गर्नेगर्छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागका ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजु सात हजार ३०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको बताउनुहुन्छ । “विभिन्न कम्पनीका मेसिन बजारमा आएका छन्, कमशल मेसिन जडान गर्दा चाँडै बिग्रेको हो,”– प्रमुख ध्वजुले भन्नुभयो । 

ध्वजुले प्रत्येक मिटरमा वारेन्टी रहेकाले तत्काल नबिग्रिने उल्लेख गर्नुभयो । उहाँले ट्याक्सी उपयोग गर्ने यात्रुलाई बिल लिनुपर्छ भन्ने जनचेतना फैलाउनु जरुरी रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन