साउन २३, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । 

प्रधानमन्त्री शेरबहादुर द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । 

प्रधानमन्त्री शेरबहादुर द"/>

२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभाको निर्वाचन भदौ १ भित्रै घोषणा गर्न माग

२०७४, २३ श्रावण सोमबार १२:५७


साउन २३, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोलीले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरेर उहाँलाई सो सुझाव दिनुभएको हो । 

भेटमा उहाँहरुबीच आगामी निर्वाचनको मिति तोक्ने विषयमा केन्द्रित रहेर छलफल भएको डा यादवले जानकारी दिनुभयो । निर्वाचनका लागि अति आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनका विषयमा पनि आयोगको टोलीले प्रधानमन्त्रीसँग विस्तृत छलफल गर्नुभएको थियो । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउने सन्दर्भमा विद्युतीय मतपत्रको प्रयोग र आवश्यकता सम्बन्धमा आयोगका तर्फबाट प्रधानमन्त्रीलाई अवगत गराएको प्रमुख निर्वाचन आयुक्त डा यादवले बताउनुभयो । छलफल भएका सबैजसो विषयमा प्रधानमन्त्री सकारात्मक रहनुभएको पनि उहाँले जानकारी दिनुभयो । 

निर्वाचनका लागि कानूनी तयारी चाहिने भएकाले कानून र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन यथाशीघ्र उपलब्ध हुनुपर्नेमा आयोगले जोड दिँदै आएको छ । नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी माघ ७ गते भित्रै गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

निर्वाचन गर्नुपर्ने तीन तहमध्ये स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको तथा तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं. २ मा निर्वाचन गर्ने घोषणा गरिएको छ । 

आयोगले प्रदेशसभाको निर्वाचन असोज ३० र प्रतिनिधिसभाको निर्वाचन मंसिरको पहिलो साता गर्न उपयुक्त हुने सुझाव यसअघि सरकारलाई दिइसकेको छ । 

प्रमुख राजनीतिक दलबीच प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै मितिमा गर्न सकिन्छ कि सकिदैन भन्ने बहस पनि चलिरहेको छ । आयोगले दुवै निर्वाचन एकै चरणमा गर्नुपर्दा मतपत्र दुई वटा मात्र कायम हुन आवश्यक छ अन्यथा अहिलेकै संरचनामा एकै पटक दुवै निर्वाचन गर्न व्यवस्थापकीय र प्राविधिक कठिनाइ हुने जानकारी दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै