साउन २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टी फुटेपछि पहिलो पटक बसेको राप्रपाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टी फुटेपछि पहिलो पटक बसेको राप्रपाको"/>

2026-07-01 06:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले सरकरलाई दिएको समर्थन फिर्ता लियो

2017-08-08


साउन २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश समस्या समाधान गर्न सरकार उदासीन रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ । 

पार्टीको केन्द्रीय समितिको बैठकले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्न राष्ट्रिय एकता दिवस मनाउन राप्रपाले गरेको आग्रहलाई उपेक्षा गरेको, पार्टीलाई विभाजन गर्न परोक्ष भूमिका निर्वाह गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले राष्ट्रवादी एवं हिन्दू राष्ट्र पक्षधर शक्ति बलियो भएको देख्न नचाहने पक्षले पार्टी विभाजनको प्रयास गरेको दाबी गर्नुभयो । 

सो पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित ६४ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक)’ कायम गर्न दिएको निवेदनमा सात केन्द्रीय सदस्य नरहेको र केही व्यक्तिको कीर्ते हस्ताक्षर गरिएको र केही व्यक्ति पार्टीको मूल प्रवाहमा नै रहेको उहाँले बताउनुभयो । 

पार्टीको विधानमा १६५ केन्द्रीय सदस्यको व्यवस्था भएको र त्यसको ४० प्रतिशत सङ्ख्या राणा समूहसँग नपुगेकाले सो निवेदन खारेज गर्न निर्वाचन आयोगसँग बैठकले माग गरेको छ । 

सोमबारदेखि सुरु भएको सो बैठक बुधबार बिहान ९ बजे पुनः बस्नेछ । सो पार्टीका ३७ सांसद रहेकामा केही राणा समूहमा रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ