साउन २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टी फुटेपछि पहिलो पटक बसेको राप्रपाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

पार्टी फुटेपछि पहिलो पटक बसेको राप्रपाको"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाले सरकरलाई दिएको समर्थन फिर्ता लियो

२४ श्रावण २०७४, मंगलवार १२:५४


साउन २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश समस्या समाधान गर्न सरकार उदासीन रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ । 

पार्टीको केन्द्रीय समितिको बैठकले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्न राष्ट्रिय एकता दिवस मनाउन राप्रपाले गरेको आग्रहलाई उपेक्षा गरेको, पार्टीलाई विभाजन गर्न परोक्ष भूमिका निर्वाह गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले राष्ट्रवादी एवं हिन्दू राष्ट्र पक्षधर शक्ति बलियो भएको देख्न नचाहने पक्षले पार्टी विभाजनको प्रयास गरेको दाबी गर्नुभयो । 

सो पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित ६४ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक)’ कायम गर्न दिएको निवेदनमा सात केन्द्रीय सदस्य नरहेको र केही व्यक्तिको कीर्ते हस्ताक्षर गरिएको र केही व्यक्ति पार्टीको मूल प्रवाहमा नै रहेको उहाँले बताउनुभयो । 

पार्टीको विधानमा १६५ केन्द्रीय सदस्यको व्यवस्था भएको र त्यसको ४० प्रतिशत सङ्ख्या राणा समूहसँग नपुगेकाले सो निवेदन खारेज गर्न निर्वाचन आयोगसँग बैठकले माग गरेको छ । 

सोमबारदेखि सुरु भएको सो बैठक बुधबार बिहान ९ बजे पुनः बस्नेछ । सो पार्टीका ३७ सांसद रहेकामा केही राणा समूहमा रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट