३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’

१२ बैशाख २०८२, शुक्रबार १६:०५

काठमाडौँ | गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवं पर्यटकीय गाउँ हो । जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरुपमा जोडिएर रहेका एक हजार ३०० भन्दा बढी घर बारपाकको अर्को छुट्टै मौलिकता र चिनारी थियो ।

विक्रम संवत् २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले पर्यटकीय सुन्दर गाउँ बारपाक क्षणभरमा तहसनहस बन्यो । गाउँका कुनै घर बाँकी रहेनन् । भूकम्पबाट बारपाक गाउँमा मात्रै ७२ जनाले ज्यान गुमाए । भूकम्प गएको आज १० वर्ष पूरा भएको छ । पुनःनिर्माण सकिएसँगै बारपाकवासीले भूकम्पको पीडा पनि भुल्दै गएका छन् । पुराना शैलीमा घर नबने पनि बारपाक गाउँमा आधुनिक शैलीका घर बनिसकेका छन् । अर्थात् भूकम्पपछिको पुनः निर्माण लगभग सकिएको छ । भूकम्पपछि बारपाकमा अहिले एक हजार ४५० भन्दा बढी घर पुनः निर्माण भइसकेका छन् ।

“परम्परागत शैलीका घर त बनाइएनन् तर आधुनिक शैलीका घर लगभग बनिसकेका छन्”, स्थानीयवासी सुशीला घलेले भन्नुभयो, “भूकम्पको एकै झड्काबाट ठूलो क्षति ब्यहोरेका बारपाकीले फेरि पुरानै शैलीको ढुङ्गैढुङ्गा र काठले बनेका परम्परागत मौलिकता बोकेका घर बनाउने आँट भने गर्न सकेनन् ।”

भूकम्पपछिको पुनःनिर्माणले बारपाकको स्वरुप र पहिचान बदलिदिएको छ । एउटा ठूलो सुन्दर गाउँ अहिले शहर जस्तै बनेको छ । “हामीलाई बारपाकको चिनारी दिने घर बनाएर बस्न मन नभएको होइन,” उहाँले भन्नुभयो, “तर सुरक्षित हुँदैन भन्ने अनूभूति बारपाकीले गरेपछि आधुनिक शैलीका घर बनाउनुको कुनै विकल्प रहेन ।”

बारपाकमा निजी आवास पुनः निर्माण लगभग सकिएको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकका वडाध्यक्ष घनबहादुर घले बताउनुभयो । “भूकम्पपछि यहाँका मौलिक चिनारी भने बचाउन सकिएन,” उहाँले भन्नुभयो, “बारपाक त बारपाक नै हो तर पुरानो मौलिक बारपाक होइन, अहिले नयाँ र आधुनिक बारपाक बन्यो ।”

पुराना मौलिकता बोकेका घर नबने पनि बारपाकको सुन्दरता भने हराएको छैन । मौलिक पहिचान बोकेको लाहुरेको गाउँ बारपाकलाई गोरखा भूकम्पपछि ‘इपिसेन्टर बारपाक’भनेर पनि चिनिने गरेको छ । यसले बारपाकलाई फरक चिनारी दिएको छ । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गर्नुभएका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीय जोड दिन्छन् ।

बारपाक केन्द्रविन्दु भएर गएको गोरखा भूकम्पबाट गोरखामा मात्र ४७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखासहित १४ जिल्ला अतिप्रभावित बने भने देशभरका ३१ जिल्लामा गोरखा भूकम्पले क्षति पु¥याएको थियो ।

पर्यटकीय गन्तव्य बन्दै

भूकम्पको इपिसेन्टर बारपाक अहिले पुनः निर्माण मात्र भएको छैन । बारपाक घुम्न आउने पर्यटकलाई लक्षित गरेर बारपाक गाउँभित्रै आकर्षक आन्तरिक पर्यटकीय गन्तव्य थपिँदै गएका छन् । गाउँपालिकाको पहलमा आन्तरिक तथा बाह्य पर्यटकलाई बारपाकतर्फ लोभ्याउन नयाँनयाँ घुम्न लायक गन्तव्यको विकास गर्न थालिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

अब बारपाक घुम्न आउने पर्यटकले बारपाकभित्रै कलात्मक ‘बुद्ध पार्क’ पनि घुम्न पाउनेछन् । बारपाकस्थित ताक्लेनान डाँडामा करिब ४५ लाखको लागतमा निर्माण गरिएको ‘बुद्ध पार्क’ अहिले बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै गएको छ । उक्त उद्यानमा बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्काइएको छ । बारपाकको सिङ्गगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको ‘बुद्ध पार्क’ मा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढङ्गले राखिएको छ ।

त्यस्तै उद्यानमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायतका सामग्री पनि रहेका छन् । भूकम्पपछि सिङ्गो गाउँलाई एकै ठाउँबाट दृश्यावलोकनका लागि गाउँपालिकाले निर्माण गरेको ‘भ्यू टावर’ बारपाकको अर्को आकर्षक गन्तव्य हो । त्यस्तै भुकम्पमा ज्यान गुमाएको सम्झनामा निर्माण भइरहेको भूकम्प स्मृति उद्यानको काम लगभग अन्तिम चरणमा रहेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

“सङ्घीय आयोजना कार्यान्वयन इकाइ पोखरामार्फत निर्माण भइरहेको स्मृति उद्यानको थोरै मात्र काम बाँकी छ,” उहाँले भन्नुभयो, “स्मृति उद्यानले बारपाकमा पर्यटकको आकर्षण अझै बढ्ने विश्वास छ ।” उद्यान निर्माण गर्न रु १५ करोड ५१ लाख ७५ हजारमा सम्झौता भएको छ ।

अध्यक्ष भट्टले बारपाक गाउँ अहिले पहाडको शहरका रुपमा स्थापित हुँदै गएको बताउनुभयो । “इपिसन्टेर हेर्न र घुम्नका लागि देश भित्रका मात्र होइन बाहिरबाट पनि थुप्रै पर्यटक बारपाक आउन थालेका छन्,” उहाँले भन्नुभयो, “भूकम्पले थलिएको बारपाक अब तङ्ग्रिसकेको छ ।”

गैह्रागाउँका दलित परिवार अझै अस्थायी टहरामा

जिल्लाभित्र भूकम्पले क्षति पु¥याएका अधिकांश निजी आवास, सरकारी तथा गैह्रसरकारी कार्यालय एवं पुरातात्विक भवन पुनःनिर्माणको काम सम्पन्न भइसकेको भए पनि इपिसेन्टर बारपाकको दलित बस्तीका केही भूकम्पपीडित भने अझै अस्थायी टहरामा छन् ।

घर बनाउन जग्गा नपाउँदा भूकम्पको १० वर्षसम्म पनि दलित समुदाय अस्थायी टहरामा बस्न बाध्य भएको बारपाक सुलिकोट गाउँपालिका–१, की वडासदस्य लक्ष्मी विकले बताउनुभयो । “साबिकको बस्ती जोखिमयुक्त छ, त्यहाँ घर बनाएर बस्न मिल्ने अवस्था छैन”, उहाँले भन्नुभयो । गैह्रागाउँमा १५ दलित परिवारले घर बनाउन नपाएको विकको भनाइ छ । उनीहरु अहिले सरकारी जग्गामा अस्थायी टहरामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली