२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’

२०८२, १२ बैशाख शुक्रबार १६:२१

काठमाडौँ | जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभाका सांसद वीरेन्द्रप्रसाद महतोले मुलुकमा लोकतन्त्र प्राप्त भएको १९ वर्ष बितिसक्दा पनि जनताले आधारभूत सुविधासमेत नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा सम्बोधन गर्ने क्रममा उहाँले जनताले संविधानअनुसार आधारभूत अधिकार प्राप्त गर्न नसक्दा लोकतन्त्रको अनुभूति हुन नसकेको उल्लेख गर्नुभयो । राज्यले सेवा प्रवाह सहज नबनाउँदा जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उहाँले दलहरु सत्ता र शक्तिको खेलमा लाग्दा नागरिक संवैधानिक अधिकारबाटसमेत वञ्चित हुनुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरता, सरकारी निकायबीचको समन्वयमा अभावमा जनताले पाउनुपर्ने सामान्य अधिकार पनि पाउन सकेका छैनन् ।” उहाँले आजदेखि सुरु भएको संसद्को वर्षे अधिवेशनबाट शिक्षा, प्रहरी र निजामतीसम्बन्धी ऐन जसरी भए पनि पास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निजी चिकित्सकहरुको मागप्रति सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।

“सङ्घीय सदनमा सरकारी र निजी गरी ३२ वटा विचाराधीन विधेयक पनि यही वर्षे अधिवेशनमा टुङ्गो लगाउनुपर्नेछ, साथै अबको बजेट विकासमुखी हुनुपर्छ, लोकप्रियभन्दा पनि व्यावहारिक बजेट आउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।

सांसद महतोले बैंक तथा वित्तीय संस्थाको व्यवसायलाई पनि सहायता हुनेगरी विकासमा खर्च गर्ने खालको बजेट आउनुपर्नेमा जोड दिनुभयो । देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उल्लेख गर्दै उहाँले सरकारले पुँजीगत खर्च बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्रोत सुनिश्चितता नगरी बजेट ल्याउँदा समस्या उत्पन्न भइरहेको बताउँदै आर्थिक सङ्कुचनको अवस्थालाई ध्यानमा राखी बजेट बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ