साउन २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवा दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवा दे"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी विभाजनमा पूर्वराजा र भारतको कुनै भूमिका छैन: राणा

२५ श्रावण २०७४, बुधबार १३:००


साउन २४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवा देखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको बर्बराहट भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राप्रपा प्रजातान्त्रिक गठनमा कुनैपनि बाह्य शक्तिको भूमिका नभएको बताए । आफ्नो भारतमा नातासम्बन्ध रहेको आधारमै भारतले नयाँ पार्टी खोल्न भूमिका खेलेको भन्नुको कुनै तुक नरहेको बताए ।

‘पशुपति शमशेर राणासँग पार्टी गठन गर्ने सामथ्र्य छ । नेपाली राजनीतिमा प्रभावशाली रहँदै आएका साथीहरूको साथ छ कसैको सहयोग चाहिदैन र बहकाउमा बहकिदैन,’राणाले भने,‘कमल थापाले पार्टीका होनहार साथीहरूले महत्वपूर्ण निर्णय लिएपछि रन्थनिएर आरोप लगाइरहनुभएको छ ।’ मुलुकको आवश्यकता र पार्टीका जिम्मेवार कार्यकर्ताको भावना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन भएको बताए ।

नवगठित पार्टी सरकारमा जाने र त्यसबारे निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि आधिकारिक निर्णय लिइने उनको भनाई थियो । पार्टीले सरकारको समर्थन गरिसकेको बताए ।

साक्षात्कारमा बोलदै संविधान संशोधनको पक्षमा जाने संकेत समेत गरे । यसबारे उचित समयमा निर्णय लिने उनको भनाई थियो । आफू संविधान संशोधनको पक्षमा रहेको स्पष्ट पार्दै त्यसबारे आफ्ना केही धारणा रहेको समेत बताए ।

कमल थापाले एकलौटी र मनोमानी ढंगले पार्टी चलाउन खोजेकाले आफू कठोर निर्णय लिन वाध्य भएको बताए । उनले भने,‘पार्टी ध्वस्त हुनबाट बचाउनका लागि कठोर निर्णय लिएर बेग्लै बाटो जानुप¥यो ।’ पार्टी एकीकरण अगाडि भएका सम्झौता पालना नभएको उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा निर्णय लिने संकेत समेत गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै