३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै

१४ बैशाख २०८२, आईतवार १३:३४

काठमाडौँ | कस्केली अधिकृत समाजले कास्की र लमजुङ जिल्लाका विभिन्न धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ ।

समाजले वार्षिक कार्यक्रमअन्तर्गत कास्की र आसपासका विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम सञ्चालन गरिहेको जनाएको हो ।

यस वर्ष कास्की र लमजुङ जिल्लाका केही पर्यटकीय गन्तव्यलाई समेटेर थप पर्यटन प्रवर्द्धनका गतिविधि गरिने समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताउनुभयो ।

यस वर्ष लमजुङको गाउँसहरस्थित लमजुुङ दरबार, मध्यनेपाल नगरपालिकास्थित इशानेश्वर महादेव मन्दिर करापुटार, मर्स्याङ्दी गाउँपालिकास्थित डा हर्क गुरुङ समाधिस्थल पार्क, अपर मर्स्याङ्दी पावरहाउस बाँध ङादी, कास्कीको रुपातालस्थित जलसिद्ध महादेवलगायत धार्मिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्य समेटिएको उहाँले जानकारी दिनुभयो ।

प्रवर्द्धनात्मक भ्रमणका माध्यमबाट विभिन्न गन्तव्यको पर्यटन बजारमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ बर्सेनि कार्यक्रम सञ्चालन गरिँदै आइएको उल्लेख गर्दै उहाँले आर्थिक समृद्धिका लागि पर्यटकीय गन्तव्यको प्रवर्द्धन आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन यस्ता गतिविधिलाई प्राथमिकता दिइएको बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले लमजुङका अधिकांश पर्यटकीय गन्तव्य पर्यटन प्रवर्द्धनको पर्खाइमा रहेका बताउनुभयो । हर्क गुरुङ समाधिस्थल पार्कका अध्यक्ष तीलबहादुर गुरुङले उहाँको योगदानलाई जीवन्त राख्न समाधिस्थल पार्क बनाइएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन आवश्यक पर्नेमा जोड दिनुभयो ।

समाजका सचिव महेश पौडेलले यस कार्यक्रमले लमजुङ दरबारको ऐतिहासिकता, इशानेश्वर महादेवको धार्मिक एवं सांस्कृतिक महत्त्वका साथै यस क्षेत्रका विविध पर्यटकीय सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली