2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई

झापाको दमकमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका रैथाने तथा मौलिक नेपाली परिकार प्रस्तुत गर्दै २३ टिमका ६९ जना प्रतिस्पर्धीहरूले नेपाली पाककलाको स्वाद, सिर्जनशीलता र सांस्कृतिक विविधताको उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगिताअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा आकर्षक फुड फेस्टिभलसमेत सञ्चालन गरिएको थियो ।

अनिल अधिकारी । दमक । दोश्रो राष्ट्रिय कुलिनरी प्रतियोगिताको उपाधि बुटवलस्थित आरोमा हस्पिटालिटीले जित्न सफल भएको छ । झापाको दमकस्थित पाथिभरा कूलिनरी आर्ट कलेजमा सम्पन्न दुईदिने पाककला प्रतियोगितामा २२ प्रतिस्पर्धी टोलीलाई पछि पार्दै आरोमा हस्पिटालिटीले उपाधि उचाल्न सफल भएको हो ।

उपाधि जित्न सफल आरोमा हस्पिटालिटीले नगद रु १ लाखसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस समुहमा सन्दीप बोयाम्बु, प्रेमबहादुर थापा र सागर रायमाझी रहेका छन् । त्यस्तै उक्त प्रतियोगिताको दोश्रो उपाधि भोजपुरबाट प्रतिष्पर्धामा सहभागी भएका स्थानिय राई समुदायले जित्न सफल भएको छ । उनीहरुले ७५ हजार पुरस्कार राशि सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस समुहमा वीरेन्द्र राई, सुजाता राई र जुनिशा राई सहभागी भएका थिए । उनीहरूले नगद रु ७५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी तेस्रो स्थान झापाको दमकस्थित युनिभर्सल कलेजले हासिल गरेको छ । टोलीमा युनिशा थापा, स्वस्तिका लावती र नेहारिका बराल रहेका थिए । युनिभर्सल कलेजले नगद रु ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपालको मौलिक स्वाद, संस्कृति र परिकारलाई विश्वसामु चिनाउने उद्देश्यसहित आयोजित ‘दोस्रो राष्ट्रिय कूलिनरी च्यालेन्ज–२०२६’ इन्टरनेशनल नेपाली शेफ सोसाइटी र नेपाली शेफ सोसाइटीको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको संयोजनमा सम्पन्न भएको हो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका रैथाने तथा मौलिक नेपाली परिकार प्रस्तुत गर्दै २३ टिमका ६९ जना प्रतिस्पर्धीहरूले नेपाली पाककलाको स्वाद, सिर्जनशीलता र सांस्कृतिक विविधताको उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगिताअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा आकर्षक फुड फेस्टिभलसमेत सञ्चालन गरिएको थियो ।

समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटनमन्त्री भिम पराजुलीले विजेता टोलीसहित बिभिन्न देशबाट कार्यक्रममा सहभागी भएका सेफहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले नेपाली मौलिक परिकार नेपालको संस्कृति, पहिचान र पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए । उनले सेफ सोसाईटिको टिमसँग कोशी प्रदेशले सहकार्य गर्न इच्छुक रहेको बताए । उनले यस्ता राष्ट्रिय स्तरका कुलिनरी प्रतियोगिताले स्थानीय उत्पादन, रैथाने खाना र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे । साथै मन्त्री पराजुलीले नेपाली शेफहरूमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता रहेको भन्दै उनीहरूको सीप, सिर्जनशीलता र मेहनतको प्रशंसा गरे । उनले पाककला क्षेत्रलाई केवल खाना बनाउने पेशाका रूपमा नभई रोजगारी, उद्यमशीलता र पर्यटन अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा लिनुपर्ने बताए । उनले सहभागी सम्पूर्ण सेफ, आयोजक संस्था तथा निर्णायकहरूको योगदानको प्रशंसा गर्दै आगामी वर्षहरूमा अझ भव्य रूपमा कार्यक्रम आयोजना गर्न शुभकामना दिए ।

इन्टरनेशनल नेपाली शेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीका अनुसार प्रतियोगितामार्फत नेपाली पाककलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै परम्परागत तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण, अनुसन्धान र व्यावसायिक विकासमा विशेष जोड दिइएको छ । उनले आगामी बर्षको कार्यक्रम क्रमश अर्को प्रदेशमा गर्ने योजना रहेको बताए । उनले सातै प्रदेशमा नेपाली सेफ सोसाइटी फैलिएर नेपाली परम्परागत खानालाई स्तरीकरण गर्दै विश्वभर फैलाउने लक्ष्य आफूहरुले राखेको बताए । उनले कार्यक्रममा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट समेत व्यक्त गरे ।

अध्यक्ष अधिकारीले नेपाली पाककलालाई केवल स्वादमा सीमित नभई नेपालको पहिचान, संस्कृति र पर्यटनसँग जोडिएको महत्वपूर्ण सम्पदाका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे । यस्ता प्रतियोगिताले नयाँ पुस्ताका शेफहरूलाई सिर्जनशीलता, अनुसन्धान र व्यवसायिक अवसरतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे । साथै नेपाली रैथाने परिकारलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सरकार, निजी क्षेत्र र पाककला समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

बिजेता घोषणा गर्ने क्रममा नेपाली सेफ सोसाइटि ‘नेपाल च्याप्टर’का अध्यक्ष एलबि कौशलले प्रतियोगिताले नेपाली पाककलाको मौलिकता, स्वाद र सांस्कृतिक विविधतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सहभागी सबै टोलीले उत्कृष्ट प्रस्तुति दिएको उल्लेख गर्दै प्रतिस्पर्धाभन्दा पनि नेपाली खानाको प्रवर्द्धन मुख्य उद्देश्य रहेको धारणा व्यक्त गरे । उनले नेपाली रैथाने परिकारलाई आधुनिक प्रस्तुतीकरणसहित विश्व बजारमा स्थापित गर्न आवश्यक रहेको बताए । साथै युवा पुस्तामा पाककला क्षेत्रप्रति आकर्षण बढ्दै गएको भन्दै यस्ता प्रतियोगिताले नयाँ प्रतिभालाई उजागर गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष कौशलले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने आयोजक, निर्णायक, सहभागी सेफ, प्रायोजक तथा दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ भव्य र प्रभावकारी कार्यक्रम आयोजना गरिने बताए ।

प्रतियोगितामा १० भन्दा बढी देशबाट आएका अनुभवी नेपाली तथा विदेशी सेफहरू निर्णायकका रूपमा सहभागी भएका थिए । आयोजकका अनुसार यस्ता प्रतियोगिताले नेपाली सेफहरूलाई अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान, विश्वस्तरीय मूल्यांकन तथा नयाँ अवसर प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले