साउन २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत भए आफ्नो दलले विपक्षमा मतदान गर्ने प्रष्ट पारे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत भए आफ्नो दलले विपक्षमा मतदान गर्ने प्रष्ट पारे"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको विपक्षमा मतदान गर्छौं: थापा

२६ श्रावण २०७४, बिहीबार १०:५०

साउन २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत भए आफ्नो दलले विपक्षमा मतदान गर्ने प्रष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अहिलेको अवस्थामा संविधान संशोधन विद्येयक पारित हुनै नसक्ने ठोकुवा गरेका हुन । उनले भने,‘यो सरकारले संविधान संशोधन नै गर्न चाहेको छैन, संशोधन प्रस्ताव पेश हुने विषय हावादारी हो । कथंकदाचित् पेश भए राप्रपाले विपक्षमा मतदान गर्छ ।’

मधेशको समस्या समाधानका लागि सरकार गम्भीर नभएको थापाको भनाई थियो । मधेशी दलहरूलाई वर्तमान सरकारले झुक्याइरहेको आरोप लगाए । मधेशवादी दलहरूलाई निर्वाचनमा जानबाट रोकेर निहित स्वार्थ पूरा गर्न वर्तमान सरकार सक्रिय रहेको बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको समस्या समाधान गर्न नसक्ने थापाको भनाई थियो । संविधान संशोधनका नाममा सरकारले ध्रुवीकरण बढाएको बताए । उनले भने,‘देशको राजनीति राष्ट्रवादी र आत्मसमर्पणवादी गरी दुई ध्रुवमा विभाजित भइरहेको छ । हामी राष्ट्रवादी हौं र वर्तमान सरकारमा भएकाहरू आत्मसमर्पणवादी हुन् ।’

राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने षड्यन्त्र अनुरुप आफ्नो दललाई विभाजित गरिएको तर्क गरे । आफूमाथि राणाले सत्तालोलुप भनी लगाएको आरोपको जवाफ दिदै त्यसो हुन्थ्यो भने उपप्रधानमन्त्रीसहित मन्त्री पदको प्रस्ताव स्वीकार गर्थें भने ।

गणतन्त्र आएपछि आफू दुईवटा सरकारमा मात्र सहभागी भएको उल्लेख गर्दै भने,‘प्रचण्डजीले सरकार नछाड्नुहोस् भन्दा पार्टी हितका लागि छाडेको हुँ । शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालयको प्रस्ताव गर्दा समेत नगएको हुँ । म कसरी सत्तालोलुम भएँ ?’

साक्षात्कारमा बोल्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फुटाएर पशुपति शमशेर राणाले गम्भीर गल्ती गरेको जिकिर गरे । राणाले ४० प्रतिशत केन्द्रीय सदस्य पु¥याउनै नसक्ने दाबी गरे ।

उनले भने,‘पशुपति शमशेर राणासँग केन्द्रीय समिति र संसद दुवैमा ४० प्रतिशत पुग्दै पुग्दैन । गएकाहरू फर्केर आइरहेका छन् ।’ निर्वाचन आयोगले न्यायोचित् निर्णय गर्नुपर्ने भन्दै राप्रपा प्रजातान्त्रिकले कुनै हालतमा मान्यता पाउन नहुने जिकिर गरे । कीर्ते हस्ताक्षर गरी निर्वाचन आयोगमा बुझाइएको नामहरूबारे जानकारी गराउँदै आयोगको निर्णय कानुनसम्वत् हुने आशा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट