साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकाको बल्कोट स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकाको बल्कोट स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान

२६ श्रावण २०७४, बिहीबार १३:२१


साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकाको बल्कोट स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले एक एम्बुलेन्स प्रदान गरेको छ । 

बल्कोट, केरुंगा, छत्रगञ्व, चिदिका, पाली, वांङ्लावाट दैनिक करिव ७० ( ८० जना विरामी आउने गरेको स्वास्थ्य केन्द्रमा आकस्मिक, रेफरल तथा असक्त विरामीहरुका लागि एक एम्बुलेन्सको आवश्यकता रहेको थियो । एम्बुलेन्स प्राप्त गर्नकालागि निकै वर्ष पहिलेदेखिनै प्रयास गरिए पनि सो उपलब्ध हुन सकेको थिएन ।

निवर्तमान स्वास्थ्य मन्त्री गगन थापा, निवर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा मुक्तिराम श्रेष्ठको निरन्तर सहयोग सहकार्यता, निवर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको तत्कालिन सचिवको रुपमा बल्कोटकै स्थानीय कृष्णराज पाण्डे, स्थानीय समाज सेवी मित्रलाल पाण्डे, सुरोज टण्डन, गुनाखर भुसाल, अमृतकुमार पन्थी सहित सम्पुर्ण छत्रदेवबासी तथा  बल्कोट(अर्घाखाँची)(काठमाण्डौ सेवा समाज समेतको धेरै वर्षदेखिको पहलले सार्थकता पाउन सफल भएको हो ।

एम्बुलेन्स प्राप्त भएपश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको, आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पुर्याउन सहज हुने बल्कोट प्रा.स्वा.केन्द्रका संरक्षक तथा छत्रदेव गाउपालिका वडा नं. २ का अध्यक्ष राजेश पन्थी बताउनुहुन्छ । 

अध्यक्ष पन्थीले भन्नुभयो जिल्ला बाहिर रहेर पनी समाजसेवा नै मानव सेवा हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुदृढीकरणका लागि पहलमा लागिरहनुहुने सवै धन्यवादको पात्र हुनुहुन्छ ।

विगत ६ महिनाको समयमा केन्द्रमा विभिन्न उपकरण मेसीनहरु, ह्वील चेयर, माईक्रोस्कोप, मोटरसाईकल पनी पुगेको छ । एक जना चिकित्सकको दरवन्दी रहेको केन्द्रमा ३ जना मेडिकल अधिकृत कार्यरत छन् । 

करारमै भएपनि एकजना ल्याव अशिष्टेन्ट कार्यरत भएकाले रगत तथा दिशापिसाव परिक्षण गर्न जिल्ला सदरमुकाम जानु नपर्ने र यदि थप १ जना अहेव करारमा राख्न सकिने हो भने २४ घण्टा सेवा दिन सकिन्छ, मेडिकल अधिकृत प्रकाश भट्टराईले बताउनुभयो ।

राज्यको संरचना स्थानीय निकायमा गईसकेपछि स्वास्थ्य संस्थाहरु चलाउने जिम्मा पनी स्थानीय स्तरमै रहेको र स्थानीयहरुको सहयोग, सहकार्य भए प्राथमिक स्वास्थ्य केन्द्रबाट गुणस्तरिय सेवा लिन सकिन्छ केन्द्रका अध्यक्ष विष्णु भुसालले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण