साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकाको बल्कोट स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकाको बल्कोट स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा "/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान

२०७४, २६ श्रावण बिहीबार १३:२१


साउन २६, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकाको बल्कोट स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले एक एम्बुलेन्स प्रदान गरेको छ । 

बल्कोट, केरुंगा, छत्रगञ्व, चिदिका, पाली, वांङ्लावाट दैनिक करिव ७० ( ८० जना विरामी आउने गरेको स्वास्थ्य केन्द्रमा आकस्मिक, रेफरल तथा असक्त विरामीहरुका लागि एक एम्बुलेन्सको आवश्यकता रहेको थियो । एम्बुलेन्स प्राप्त गर्नकालागि निकै वर्ष पहिलेदेखिनै प्रयास गरिए पनि सो उपलब्ध हुन सकेको थिएन ।

निवर्तमान स्वास्थ्य मन्त्री गगन थापा, निवर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा मुक्तिराम श्रेष्ठको निरन्तर सहयोग सहकार्यता, निवर्तमान स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको तत्कालिन सचिवको रुपमा बल्कोटकै स्थानीय कृष्णराज पाण्डे, स्थानीय समाज सेवी मित्रलाल पाण्डे, सुरोज टण्डन, गुनाखर भुसाल, अमृतकुमार पन्थी सहित सम्पुर्ण छत्रदेवबासी तथा  बल्कोट(अर्घाखाँची)(काठमाण्डौ सेवा समाज समेतको धेरै वर्षदेखिको पहलले सार्थकता पाउन सफल भएको हो ।

एम्बुलेन्स प्राप्त भएपश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको, आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पुर्याउन सहज हुने बल्कोट प्रा.स्वा.केन्द्रका संरक्षक तथा छत्रदेव गाउपालिका वडा नं. २ का अध्यक्ष राजेश पन्थी बताउनुहुन्छ । 

अध्यक्ष पन्थीले भन्नुभयो जिल्ला बाहिर रहेर पनी समाजसेवा नै मानव सेवा हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुदृढीकरणका लागि पहलमा लागिरहनुहुने सवै धन्यवादको पात्र हुनुहुन्छ ।

विगत ६ महिनाको समयमा केन्द्रमा विभिन्न उपकरण मेसीनहरु, ह्वील चेयर, माईक्रोस्कोप, मोटरसाईकल पनी पुगेको छ । एक जना चिकित्सकको दरवन्दी रहेको केन्द्रमा ३ जना मेडिकल अधिकृत कार्यरत छन् । 

करारमै भएपनि एकजना ल्याव अशिष्टेन्ट कार्यरत भएकाले रगत तथा दिशापिसाव परिक्षण गर्न जिल्ला सदरमुकाम जानु नपर्ने र यदि थप १ जना अहेव करारमा राख्न सकिने हो भने २४ घण्टा सेवा दिन सकिन्छ, मेडिकल अधिकृत प्रकाश भट्टराईले बताउनुभयो ।

राज्यको संरचना स्थानीय निकायमा गईसकेपछि स्वास्थ्य संस्थाहरु चलाउने जिम्मा पनी स्थानीय स्तरमै रहेको र स्थानीयहरुको सहयोग, सहकार्य भए प्राथमिक स्वास्थ्य केन्द्रबाट गुणस्तरिय सेवा लिन सकिन्छ केन्द्रका अध्यक्ष विष्णु भुसालले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी