साउन २७, काठमाडौं । बालुवटारमा सत्तारुढ दल र राजपावीचको वार्तामा संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको छ ।
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो ।
संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरु सहभागी थिए ।