साउन २७, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा (माओवादी केन्द्र)मा नै क्रियाशील हुने निर्णय गरेका छन् । 

म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २७, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा (माओवादी केन्द्र)मा नै क्रियाशील हुने निर्णय गरेका छन् । 

म"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रमै क्रियाशील हुने नेता झा र शर्माको प्रतिबद्धता

२७ श्रावण २०७४, शुक्रबार ०८:२४


साउन २७, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा (माओवादी केन्द्र)मा नै क्रियाशील हुने निर्णय गरेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका शीर्ष नेतासँगको छलफलपछि नेता झा, अर्का नेता रामकुमार शर्मालगायतका नेताले माओवादी केन्द्रमा आवद्ध हुन सहमत भएका हुन् । 

अध्यक्ष दाहाललगायतका नेताहरुसँग बिहीबार र शुक्रबार भएको निरन्तरको छलफलपछि नेता झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । 

छलफलमा तराई–मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

नेता झाले आफू माओवादी केन्द्रमा क्रियाशील हुने बताउँदै नेकपा(एमाले) प्रवेश गर्ने भनेर चलाइएको हल्ला शतप्रतिशत गलत रहेको रासससँग भन्नुभयो ।

माओवादी केन्द्रले नेताद्वय झा र शर्मालाई पार्टीको उचित जिम्मेवारी दिने निर्णय गरेको छ । प्रदेश नं– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन सम्पूर्ण शक्तिका साथ लाग्ने उहाँहरुबीच सहमति भएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट