२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाका सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२१ बैशाख २०८२, आईतवार १४:३३

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा सांसद उदयबहादुर बोहराले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्ष्टिच्युट अफ इण्डस्ट्रीयल टेक्नोलोजी (केआइआइटी) मा छात्राबासको आफ्नै कोठामा मृत फेला परेकी छात्रा प्रिन्सा साहका बारेमा यथार्थ छानबिन गर्न आवश्यक पहलका लागि सरकारसँग माग गर्नुभयो । बेलायतको लण्डन विश्वविद्यालयमा अध्ययनरत सुशान्त ओलीको पनि निधन भएकाले यसको पनि वस्तुगत छानबिन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद कृष्णप्रसाद पौडेलले आयात बढेर व्यापार घाटा भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम हुनेगरी बजेट निर्माण गर्न सरकारसँग माग गर्नुभयो । सांसद गोमादेवी तिमल्सिनाले देशमा सुशासन कायम हुन नसकेको भन्दै सरकारले सुशासन कायम गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद जयन्तीदेवी राईले बाल विवाहलाई कानुनले मान्यता नदिएको उल्लेख गर्दै अहिले पनि बालविवाह गरी सन्तान जन्मेर जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न नपाउने गम्भीर समस्या आइरहेको बताउनुभयो । ती बच्चाको दोष नभएकाले उनीहरूले पढ्न पाउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । भारतको केआइआइटिटीको घटनाको यथार्थ विवरण आउनुपर्ने उहाँको भनाइ छ ।

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशका केही जिल्लामा तरकारी तथा फलफूलका लागि उपयुक्त वातावरण रहेकाले खेती गर्ने वातावरण मिलाउन सरकारसँग माग गर्नुभयो । कर्णालीमा किशोरी अवस्थामा आमा बन्नेक्रम बढेर महिलाको समग्र विकासमा असर गरिरहेकाले सचेतनासँगै शिक्षाका लागि आवश्यक कार्यक्रम बनाउन माग गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको गेटा मेडिकल कलेजमा बनेको संरचना भूतबङ्गला बनेकाले त्यसलाई उपयोगमा ल्याउन माग गर्नुभयो । भारतको उडिसा राज्यस्थित भुवनेश्वरको केआइआइटी कलेजमा नेपाली छात्रा प्रिन्सा साह मृत फेला परेको घटनाका बारेमा यथार्थ छानबिन गर्न पनि उहाँले माग गर्नुभयो ।

सांसद भुवनराज सुनारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा सूक्ष्म व्यवस्थापन मिलाउने पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेसम्म पक्राउ गरेर किन कारबाहीको दायरामा नल्याएको भनी सरकारसँग प्रश्न गर्नुभयो ।

सांसद मदनकुमारी शाह (गरिमा) ले स्नातकसम्म राम्रोसँग मुलुकमा पढ्ने वातावरण मिलाउन माग गर्नुभयो । स्वदेशमा गुणस्तरीय शिक्षा लिनसक्ने वातावरण बनाए उडिसाको भुवनेश्वरमा रहेको केआइआइटी कलेजमा पटकपटक नेपाली छात्रा मृत फेलापर्ने समस्या नहुनेतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मोहम्मद खालिदले प्रि–मनसुन सुरु भएसँगै राजमार्गमा समस्या हुन थालेकाले वर्षाअगावै मर्मतसम्भारको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद युवराज शर्माले वर्षाले जनधनको क्षति बढाउनसक्ने भएकाले विपद् जोखिम न्यून गर्नेगरी तयारी थाल्न माग गर्नुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले भारतको उडिसा राज्यस्थित भुवनेश्वरमा रहेको केआइआइटी कलेजमा नेपाली विद्यार्थीको जीवनमात्र नगई पटकपटक घटना दोहोरिन थालेकाले षड्यन्त्र भइरहेको हो वा के हो यर्थाथ बुझ्न आग्रह गर्दै यसमा निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । प्रि–मनसुन सुरु भएसँगै बाटो अवरुद्ध हुन थालेकाले वर्षामा समस्या नहुने गरी तयारी गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली