साउन २८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्"/>

2026-07-01 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी प्रभावित क्षेत्रमा खटिन सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन

2017-08-12


साउन २८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिनुभएको छ । 

शनिबारसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री, रक्षा मन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बोलाएर ढुवानमा परेका क्षेत्रमा तत्काल उद्दार कार्य तदारुकताका साथ अघि बढाउन आफै उपस्थित हुन निर्देशन गर्नुभएको हो । ‘बाढिले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ प्रधानमन्त्रीले निर्देशन दिदै भन्नुभयो, ‘तपाईहरु अव काठमाडौं बस्ने होईन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले बाढिका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उक्त क्षेत्रमा उच्च सतर्कता उपनाउन पनि निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्रीले बाढि पीडितहरुको उद्दार, राहत र स्थानान्त्रणमा सरकारले जुनसुकै पनि सहयोग गर्न तयार रहेको बताउदै तत्काल उद्दारमा खटिन चार वटै सुरक्षा निकायलाई नागरिक समाजलाई समेत अपिल गरेर अघि बढ्न पनि निर्देशन गर्नुभएको छ । 

प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा गृह मन्त्री जनार्दन शर्माले बाढि प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको तथ्यांक पेश गर्नुभएको थियो । गृहमन्त्रीले मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्ने कार्य अघि बढाउन नसकिएको व्रिफिङ गर्नुभएको थियो । 

बैठकमा नेपाली सेनामा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना फिल्डमा खटिईसकेको बताउदै मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिए पनि सबै विमानस्थलमा तैनाथका साथ उद्दार टोली खटाईएको जानकारी गराउनु भएको थियो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ