साउन २८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी प्रभावित क्षेत्रमा खटिन सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीको निर्देशन

२८ श्रावण २०७४, शनिबार १५:१५


साउन २८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिनुभएको छ । 

शनिबारसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री, रक्षा मन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बोलाएर ढुवानमा परेका क्षेत्रमा तत्काल उद्दार कार्य तदारुकताका साथ अघि बढाउन आफै उपस्थित हुन निर्देशन गर्नुभएको हो । ‘बाढिले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ प्रधानमन्त्रीले निर्देशन दिदै भन्नुभयो, ‘तपाईहरु अव काठमाडौं बस्ने होईन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले बाढिका कारण थप ढुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उक्त क्षेत्रमा उच्च सतर्कता उपनाउन पनि निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्रीले बाढि पीडितहरुको उद्दार, राहत र स्थानान्त्रणमा सरकारले जुनसुकै पनि सहयोग गर्न तयार रहेको बताउदै तत्काल उद्दारमा खटिन चार वटै सुरक्षा निकायलाई नागरिक समाजलाई समेत अपिल गरेर अघि बढ्न पनि निर्देशन गर्नुभएको छ । 

प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा गृह मन्त्री जनार्दन शर्माले बाढि प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा परेको तथ्यांक पेश गर्नुभएको थियो । गृहमन्त्रीले मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्ने कार्य अघि बढाउन नसकिएको व्रिफिङ गर्नुभएको थियो । 

बैठकमा नेपाली सेनामा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना फिल्डमा खटिईसकेको बताउदै मौसमका कारण हेलिकप्टरबाट उद्दार गर्न नसकिए पनि सबै विमानस्थलमा तैनाथका साथ उद्दार टोली खटाईएको जानकारी गराउनु भएको थियो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट