साउन ३०, काठमाडौँ । गत सातादेखि निरन्तर सक्रिय बनेको मनसुन मुलुकको पूर्वी भेगमा केही कमजोर बन्दै गए पनि मध्य भेग र पश्चीमी क्षेत्रमा मनसुनको प्रभाव फैलिएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौँ । गत सातादेखि निरन्तर सक्रिय बनेको मनसुन मुलुकको पूर्वी भेगमा केही कमजोर बन्दै गए पनि मध्य भेग र पश्चीमी क्षेत्रमा मनसुनको प्रभाव फैलिएको छ ।
2026-09-22 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमका यी जिल्लामा आज पनि भारी बर्षा हुने

साउन ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पूर्वमा खतरा टरेको तर मध्य र पश्चिममा मनसुन केन्द्रित भएकाले उच्च खतरा हुन सक्ने चेतावनी दिएको छ। 

विभागका अनुसार बुधबारदेखि सक्रिय बनेको मनसुन प्रणाली पूर्वमा निष्क्रिय हुँदै मध्य र पश्चिममा केन्द्रित भएकाले खतरा बढेको हो। 

निरन्तरको वर्षाका कारण पूर्वमा बाढी, पहिरो र डुबानले ठूलो धनजनको क्षति पुर्‍याएको छ। मनसुन पूर्वमा सोमबारदेखि क्रमिक रूपमा सुधार आउने तर मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए।

काठमाडैां उपत्यकामा वर्षा नरोकिने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। स्थानीय न्यून चापीय रेखा र बंगालको खाडीबाट भित्रिएको न्यून चापीय रेखा एकआपसमा मिसिँदा मनसुन अस्वाभाविक बनी निरन्तर भारी वर्षा भएको पौडेलले बताए।

उनका अनुसार मध्य र पश्चिम नेपालमा छुट्टै न्यून चापीय रेखा विस्तार हुँदा बंगालको खाडीबाट उच्च चापीय जलवाष्प निरन्तर भित्रिएकाले वर्षा नरोकिएको हो। निरन्तर वर्षा हुँदा मनसुन स्वाभाविक बनेको थियो। सातादेखि उच्च वर्षा हुँदा मुलुकका अधिकांश भूभाग बाढी, पहिरो र डुबानको चपेटामा परेको छ।

बंगालको खाडीबाट न्यून चापीय रेखा जलवाष्पमा परिणत हुँदा चार महिनासम्म यो प्रणाली सक्रिय हुने गर्छ। यसै समय मनसुन नेपाल भित्रिनाले वर्षा हुने विज्ञको भनाइ छ। मनसुन प्रणाली भोलिदेखि निष्क्रिय भए पनि जलवाष्प आकाशमा भएकाले दोस्रो मनसुन प्रणालीको विकास भएर वर्षा हुनेछ।

सामान्यतः जेठ २७ मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष दुई दिन ढिला भएको थियो। असोज ७ गतेदेखि मनसुन नेपालबाट बाहिरिन्छ। मनसुनको मुख्य समय मानिने असार, साउन र भदौ महिनामा सामान्यदेखि भारी वर्षा हुने पौडेलले बताए।

आइतबार पूर्वमा कम वर्षा भयो भने चितवन, नवलपरासी, महेन्द्रनगर, दाङ, दिपायल, धनगढीमा मनसुन केन्द्रित भएको थियो। बाढीले विराटनगरमा मौसम जाँच स्टेसन बगाएको छ। आइतबार बिहान नारायण स्टेसनमा चार सय ८० मिलिमिटर वर्षा भयो। यो वर्षकै उच्च हो। अन्य क्षेत्रमा सरदर तीन सय मिलिलिटर वर्षा भएको थियो। एकै घन्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएकाले यो निकै दुर्लभ मौसमी गतिविधि भएको मौसमविद्को भनाइ छ। छोटो समयमा धेरै वर्षा हुनुमा जलवायु परिवर्तन मुख्य कारक भएको अध्ययनले पुष्टि गरिसकेको छ।

खतरा सतह पार

बबई नदीको चेपाङ क्षेत्र र भदा पुलमा पानीको सतहले खतराको सतह नाघेको छ। बबईको चेपाङ स्टेसनमा २४ घन्टामा तीन सय ६, रानीजमरामा दुई सय ६४, तुल्सीपुरमा दुई सय ३०, पदमपुरमा तीन सय ४०, अम्बापुरमा दुई सय ३६ मिलिमिटर पानी परेको छ। पश्चिम राप्तीको लमहीमा दुई सय तीन, नारायणीको पूर्वी राप्ती रजइयामा तीन सय ७०, रितु खोला वनकठामा दुई सय ९३, गोविन्द बस्तीमा एक सय ४६ मिलिलिटर पानी परेको छ। २४ घन्टामा एक सय ४० मिलिलिटरभन्दा बढी पानी परे उच्च जोखिम मानिन्छ। महाशाखाले शनिबार र आइतबार नौ पटक एसएमएस गरी सतर्क रहन चेतावनी दिएको थियो। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग