साउन ३१, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले नेपालको भौतिक विकास र पूर्वाधार निर्माणमा लगानी बढाउन चिनियाँ पक्षलाई आग्रह गरेको छ । 

नेपाल भ्रमणमा रहेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले नेपालको भौतिक विकास र पूर्वाधार निर्माणमा लगानी बढाउन चिनियाँ पक्षलाई आग्रह गरेको छ । 

नेपाल भ्रमणमा रहेको "/>

2026-07-01 06:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा लगानी बढाउन माओवादी केन्द्रको चिनियाँ प्रतिनिधिमण्डललाई आग्रह

2017-08-15


साउन ३१, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले नेपालको भौतिक विकास र पूर्वाधार निर्माणमा लगानी बढाउन चिनियाँ पक्षलाई आग्रह गरेको छ । 

नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग आज यहाँ करिब एक घण्टा भएको भेटवार्तामा माओवादी केन्द्रले सो आग्रह गरेको हो । 

नेपालको विकासका लागि विभिन्न मुलुकको सहयोग भइरहेको सन्दर्भमा चिनियाँ लगानी र प्रविधि मुलुकका लागि अत्यावश्यक रहेकोमा जोड दिँदै माओवादीले ‘वान बेल्ट वान रोड’ रेलमार्ग, सडक यातायातलगायत क्षेत्रमा गरेको लगानी र सहयोग उल्लेखनीय रहेको बताएको थियो । 

चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आपसी हित र चासोका विविध आयामका बारेमा छलफल भएको जानकारी दिनुभयो । आफ्नो निमन्त्रणामा नेपाल भ्रमण गर्नुभएकामा उपप्रधानमन्त्री वाङलाई धन्यवाद दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्न समेत आग्रह गर्नुभएको प्रवक्ता भुसालले बताउनुभयो । 

स्थानीय तहको निर्वाचनपछि मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेको र निकट भविश्यमा नै संघ र प्रदेशको समेत निर्वाचन गराउने तयारीमा आफूहरु समेत सम्मिलित सरकारले प्रक्रिया अगाडि बढाएको भन्दै भेटका क्रममा अध्यक्ष दाहालले चीन सरकारको सहयोग नेपाल र नेपाली जनताका लागि आवश्यक रहेकामा जोड दिनुभएको थियो । 

आफ्नो नेतृत्वको सरकारले अगाडि बढाएका भौतिक विकासका एजेण्डामा चीन सरकारको तर्फबाट महत्वपूर्ण सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले आगामी दिनमा थप सहयोग र चिनियाँ लगानी भित्र्ने विश्वाससमेत व्यक्त गर्नुभएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । 

नेपाल राजनीतिक स्थिरताको चरणमा अगाडि बढेको र आर्थिक विकासमा आफ्नो पार्टी प्रतिबद्ध भएर लागेको र अन्य दलको समेत एजेण्डा आर्थिक विकास नै भएको भन्दै अध्यक्ष दाहालले भेटवार्तामा चिनियाँ सहयोगको प्रशंशा गर्नुभएको थियो । 

यस्तै माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच जनस्तरसम्म सम्बन्ध विस्तार, भ्रमण आदानप्रदान तथा आपसी हितका विषयमा खुलेर छलफल भएको प्रवक्ता भुसालको भनाइ छ । 

उपप्रधानमन्त्री वाङले नेपाल भ्रमण गर्न पाएकामा आफूलाई खुसी लागेको भन्दै नेपालको आर्थिक विकासमा सहयोग गर्न चीन सरकार सधैँ तत्पर रहेको बताउनुभएको थियो । उहाँले दुई दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई आगामी दिनमा थप नयाँ उचाईमा उठाउने विश्वास व्यक्त गर्नुभएको थियो । 

नेपालको विकास र समृद्धिमा माओवादी केन्द्रले खेलेको महत्वपूर्ण भूमिकाको उपप्रधानमन्त्री वाङले प्रशंसा गर्नुभएको थियो । ‘वान बेल्ट वान रोड’ परियोजनामा दाहाल नेतृत्वको सरकारले हस्ताक्षर गरेको थियो । 

भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, मातृका यादव, अग्निप्रसाद सापकोटा र शक्ति बस्नेतलगायतको उपस्थिति थियो भने उपप्रधानमन्त्री वाङसहित चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ