२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल केही साताका लागि स्थगित भएपनी गुजरात टाइटन्स प्रशिक्षण जारी

२९ बैशाख २०८२, सोमबार १३:१४

काठमाडौँ । गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भए पनि आफ्नो प्रशिक्षणलाई जारी राखेको छ। भारत पाकिस्तानबीचको तनावका कारण शुक्रबार आईपीएल केही साताका लागि स्थगित भएको थियो।

तर जारी आईपीएलको अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरात प्रशिक्षणमा व्यस्त छ। आईपीएल स्थगित भएपछि अन्य टोलीका विदेशी खेलाडी, कोचिङ स्टाफले २४ घण्टामा नै भारत छाडेका थिए। तर गुजरात मात्र यस्तो टोली हो, जसले लय गुमाएको छैन। गुजरातका जस बटलर र जेराल्ड कोट्जी इङल्यान्ड र दक्षिण अफ्रिका फर्किए।

गुजरातका धेरै जसो खेलाडी, सपोर्ट स्टार्फ मेम्बर भने आफ्नो घरेलु मैदान अहमावादको नरेन्द्र मोदी स्टेडियममा प्रशिक्षणमा जुटे। अंक तालिकाको शीर्ष स्थानमा रहेका गुजरात ११ खेलमा ८ खेलमा जित र ३ खेलमा हार भोग्दै १६ अंकमा शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट समान १६ अंक भएको रोयल च्यालेन्जर्स बैग्लोर दोस्रो स्थानमा छ। समान अंक भएपनि गुजरात नेट रनरेटमा बलियो रहँदै शीर्ष स्थानमा रहेको हो।

गुजरातका ओपनर साइ सुदर्शन र शुभमन गिल ओरेन्ज क्यापको दौडमा छन्। दुई खेल ओरेन्ज क्यापको दौडमा दोस्रो र तेस्रो स्थानमा छन्। शीर्ष स्थानमा मुम्बइ इण्डियन्सका सुर्य कुमार यादव छन्। पर्पल क्यापको दौडमा फाष्ट बलर प्रसिद्ध कृष्ण शीर्ष स्थानमा छन्। उनले ११ खेलमा २० विकेट लिएका छन्। दोस्रो स्थानमा चेन्नइका नुर अहमदले १२ खेलमा २० विकेट लिदै दोस्रो स्थानमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु