२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’

३० बैशाख २०८२, मंगलवार १२:२७

काठमाडौँ | कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले खेलमा अग्रस्थानमा पुग्नका लागि समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

कोशी प्रदेश फुटबल सङ्घद्वारा आज यहाँ आयोजित ‘एशियाली फुटबल काउन्सिल (एएफसी ) लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक तालिमको उद्घाटन गर्दै मन्त्री हाङ्गामले खेलाडीबाट प्रशिक्षक बन्नु जीवनको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “फुटबल अब हिजोको जस्तो सजिलो खेल रहेन । समयसँगै खेलको स्वरूप मात्र होइन, प्रतिस्पर्धा र दक्षताको मापदण्ड पनि बदलिएको छ ।”

फुटबल प्रशिक्षक भएर नयाँ पुस्ता तयार गर्नु चुनौतीपूर्ण कार्य भएको उहाँले बताउनुभयो । “हिजोको समयमा हामी मोजाको बल बनाएर खाली खुट्टा खेल्थ्यौँ । तर अहिलेको पुस्ता आधुनिक जुत्ता र प्रविधिमैत्री बलको पहुँचसम्म पुगेको छ”, उहाँले भन्नुभयो ।

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले नेपालको लक्ष्य दश वर्षभित्र विश्वकप फुटबलको प्रतिस्पर्धामा नेपालको सम्मानजनक उपस्थिति सुनिश्चित गर्नु रहेको बताउनुभयो । सो लक्ष्यमा पुग्न नेपाली फुटबललाई व्यवसायीकरण गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य दिपेन्द्र धिमालका अनुसार धरानस्थित एन्फा टेक्निकल सेन्टरमा चार दिनसम्म चल्ने आवासीय प्रशिक्षणमा कोशी प्रदेशका विभिन्न जिल्लाका ६० प्रशिक्षार्थी सहभागी छन् । एएफसी लाइसेन्स ‘डी’ को प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षक एएफसीबाट मान्यता प्राप्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य