2026-09-16 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको सुपर थ्रीमा पुग्ने आशा जीवित,अन्य टिमको नतिजामा भर

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सुपर थ्रीमा पुग्न नेपाललाई अब हङकङ र बहराइनबीचको खेलको नतिजा पर्खनु पर्ने भएको छ।
बिहीबार भएको खेलमा डीएल मेथडमा बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले सुपर थ्रीमा पुग्ने आशा जीवित राखेको हो।

नेपाल ५ अंकका साथ ‘समूह सी’ को शीर्ष स्थानमा छ। चार अंक भएको हङकङ दोस्रो स्थानमा छ। १ अंक भएको बहराइन तालिकाको पुछारमा रहँदै सुपर थ्रीको दौडबाट बाहिरिसकेको छ। नेपाल र समूहबाट अब नेपाल र हङकङको मात्र सम्भावना छ। समूह चरणको अन्तिम खेलमा हङहङले बहराइनलाई पराजित गरे समूहको शीर्ष स्थानमा रहेर सुपर थ्रीमा पुग्नेछ।

यदी सो खेलमा बहराइनले हङकङलाई पराजित गरे नेपाल सुपर थ्रीमा पुग्नेछ। त्यसैले नेपालसामु अब हङकङको हारको र बहराइनको जितको कामना गर्नुबाहेक अर्को विकल्प छैन। यदी वर्षाका कारण हङकङ र बहराइनबीचको खेल प्रभावित भएर अंक बाँडेको अवस्थामा नेपाल नेट रनरेटमा पछि पर्दै समूह चरणबाट नै बाहिरिनेछ। नेट रनरेटमा हङकङ नेपालभन्दा बलियो छ। नेपालले समूह चरणको चार खेलमध्ये २ खेलमा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंक बनाएको छ। नेपालको नेटरनरेट ०.८३० शून्य छ।

हङकङले तीन खेलमा १ खेलमा जित र दुई खेलमा अंक बाँड्दै चार अंकमा दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट ०.८६७ रहेको छ। त्यसैले नेट रनरेटमा पनि नेपालभन्दा हङकङ बलियो छ। समूह चरणमा नेपालले दुवै खेलमा बहराइनलाई पराजित गर्‍यो। पहिलो खेलमा बहराइनलाई ९ विकेटले हराएको नेपालले दोस्रो खेलमा भने डिएल मेथडका आधारमा ६ विकेटको जित निकाल्यो।

हङकङसँग भने वर्षाको कारण पहिलो खेल रद्द हुँदा नेपालले समान १ अंक बाँडेको थियो। दोस्रो खेलमा भोगेको ७ विकेटको हार नेपालका लागि घातक बन्न पुग्यो। वर्षाका कारण ५ ओभरमा छोट्टाइएको खेलमा नेपालले ३ विकेटको क्षतिमा २९ रन मात्र बनाएको थियो। नेपालले दिएको झिनो लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। सोही हार नेपालका लागि शीर्ष ३ मा पुग्ने बाटोमा बाधक बन्न पुग्यो। बहराइन र हङकङबीचको खेल भोलि शुक्रबार हुँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु