११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करारमा राख्न र स्थायी गर्न माग

९ भाद्र २०७४, शुक्रबार १२:२७

भदौ ९,काठमाडौँ। नेपाल आंशिक प्राध्यापक संघले त्रिवि तथा सरकारसँग पटक पटक भएको सम्झौतानुसार त्रिविमा प्राध्यापनरत सम्पूर्ण आंशिक प्राध्यापकलाई प्रक्रिया पु¥याएर करार तथा स्थायी गर्न माग गरेको छ । 

संघले आज यहाँ पत्रकार सम्मेलन गरी विसं २०६३, २०६५, २०६६ तथा २०६९ मा पटक पटक सम्झौता भए पनि आफूहरुलाई सरकारले करारमा नियुक्त गर्ने तथा स्थायी गर्नेतर्फ कुनै कदम नचालेको जनाएको छ । 

कार्यक्रममा पूर्वशिक्षामन्त्री राधाकृष्ण मैनालीले आंशिक प्राध्यापकको मागे रोजीरोटीसँग जोडिएकाले सरकारले तिनको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपालको शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने बेलामा राजनीति हावी भएकाले विकृति छाएको बताउनुभयो । 

त्रिवि प्राध्यापक संघका महासचिव नन्दकिशोर सिंह, प्रगतिशील प्राध्यापक संघका सचिव रामकुमार राई, आंशिक प्राध्यापक संघका संयोजक शशीकुमार शर्मालगायतले त्रिविमा एक दशकभन्दा बढीदेखि प्राध्यापनरतलाई छिटो प्रक्रिया पु¥याएर करार तथा स्थायी गर्न माग गर्नुभयो । संघले तीन महिनादेखि आन्दोलन गर्दै आएको छ । सो क्रममा आंंशिक प्राध्यापकहरु ३२ दिनदेखि अनशन बस्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल