2026-10-19 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले

काठमाडौँ | अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता जनाएका हुन् ।

आफ्नो कार्यकालमा सुशासनलाई मुख्य प्राथमिकता दिने बताउँदै डा.वाग्लेले भने, ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’ उनले निजी क्षेत्रलाई अब कुनैपनि बहानामा दुःख नदिइने स्पष्ट पारे । व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको व्यावसायिक कसुरमा थुन्न नहुने मागलाई सम्बोधन गर्दै अर्थमन्त्रीले अब आर्थिक बेइमानीका सवालमा सरकार आर्थिक जरिवानाको नीतिमा जाने बताए । अब उद्योगी व्यापारीहरू सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु पर्दैन, हामी दण्डको स्वरूप बदल्छौँ, उनले भने ।

अर्थमन्त्रीले उद्योगीहरूलाई लगानी र रोजगारी बढाएर देश निर्माणमा केन्द्रित हुन आग्रह गरे । सरकारले निजी क्षेत्रलाई साथी र सहयात्री मानिरहँदा निजी क्षेत्रबाट पनि उत्तिकै इमानदारिताको अपेक्षा गरिएको उनले बताए ।‘राज्य साथी बन्दा निजी क्षेत्रले पनि बेइमानी गर्दैन भन्ने हाम्रो विश्वास छ,’ मन्त्री वाग्लेले चेतावनी दिँदै भने, ‘तर कसैले नियतवश वा नियोजित रूपमा बेइमानी गर्छ भने त्यस्ताका विरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुनेछ ।’ भेटघाटका क्रममा उद्योगीहरूले विद्यमान आर्थिक मन्दी र नीतिगत अस्पष्टता हटाउन माग गरेका थिए भने मन्त्री वाग्लेले अर्थतन्त्रमा सुधारको नयाँ युग सुरु हुने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ