११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा मौसमको बदली र वर्षा यस कारणले भैरहेको छ

१२ भाद्र २०७४, सोमबार १२:०१

भदौँ १२,काठमाडौँ। भारतको उडिसा राज्य र बंगालको खाडी आसपासमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालमा बदली र वर्षा भएको छ । 

उक्त प्रणालीको प्रभावले देशभर बदली र केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सामान्य अवस्थामा रहेको मनसुनसँगै न्यूनचापीय क्षेत्रको प्रभावले खासगरी पूर्वी भेगमा बढी असर परेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । 

“पूर्वका केही स्थानमा मध्यम खालको वर्षा हुनेछ, मध्य भेगमा बदली रहेपनि हल्काफुल्का वर्षा गराउने देखिन्छ, मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा सामान्य खालको वर्षा हुन्छ,”–उहाँले भन्नुभयो । 

मनसुन अहिले पनि सामान्य अवस्थामा रहेको र यसले बदली र वर्षा गराउँछ तर भारी वर्षा हुने सम्भावना छैन । सामान्य खालको बदली र वर्षा अझै केही दिन जारी रहने महाशाखाको भनाइ छ । 

मौसम बदलीका कारण एक/दुई स्थानमा मध्यम वर्षा भए पनि भारी वर्षा चाही हुने संभावना नरहेकाले आत्तिने अवस्था नरहेको मौसमविद् रिमालले बताउनुभयो । 

अहिले देशभर बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी दाङमा ७२ र वीराटनगरमा ३ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा सात मिलिमिटर, पोखरामा २२, भैरहवामा २१ धनगढीमा १८ र ओखलढुंगामा १२ मिलिमिटर वर्षा भएको छ । 

बदली र वर्षाले काठमाडौँको अधिकतम तापक्रम पनि केही घटेकाले तातिएको मौसम पनि आजबाट केही चिसो महसुस भएको छ । आज काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह