२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेस्रो दमाम च्याम्पियन कप–२०८२ को उपाधि युनाइटेड नेपाल फुटबल क्लब दमामले जित्यो

२०८२, २७ जेष्ठ सोमबार २१:१२

काठमाडौँ । साउदी अरेबियाको पूर्वी क्षेत्र दमाममा आयोजित तेस्रो दमाम च्याम्पियन कप–२०८२ को उपाधि आयोजक युनाइटेड नेपाल फुटबल क्लब दमामले जितेको छ। मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसरमा युनाइटेड क्लबले आयोजना गरेको यो प्रतियोगिता २०८२ जेठ २३ देखि २५ गतेसम्म (२०२५ जुन ६–८) तीन दिनसम्म सञ्चालन भएको थियो। खेलहरू अलखोबारको तुक्वा खेल मैदान अजेजिया मैदानमा सम्पन्न भएका थिए।
आइतबार बिहान अजेजिया मैदानमा भएको फाइनल खेलमा युनाइटेड नेपाल फुटबल क्लब दमामले पाथीभरा फुटबल क्लबलाई २–१ गोलको रोमाञ्चक अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भयो। प्रतियोगितामा साउदी अरेबियाका विभिन्न शहरबाट २१ नेपाली फुटबल क्लबहरूले सहभागिता जनाएका थिए।

पुरस्कार र सम्मान

विजेता युनाइटेड क्लबले नगद ७,७७७ साउदी रियाल (अन्दाजी दुई लाख असी हजार नेपाली रुपैयाँ) सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्‍यो। उपविजेता पाथीभरा क्लबले ४,४४४ साउदी रियाल (अन्दाजी एक लाख साठी हजार नेपाली रुपैयाँ) सहित ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझायो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा व्यवस्थापकहरूलाई विशेष सम्मान गरिएको थियो:

* उत्कृष्ट गोलकिपर: उज्वल घिमिरे (युनाइटेड क्लब)
* उत्कृष्ट डिफेन्स: विशाल पुन (युनाइटेड क्लब)
* उत्कृष्ट स्ट्राइकर: अर्जुन तामाङ (युनाइटेड क्लब)
* हाइ स्कोरर: सनम देवान (युनाइटेड क्लब)
* मोस्ट भ्यालुएबल प्लेयर (MVP): कप्तान योञ्जन हमाल (युनाइटेड क्लब)
* उत्कृष्ट कोच: धर्म प्रसाद भट्टराई (युनाइटेड क्लब)
* उत्कृष्ट म्यानेजर: ओम बहादुर कुमाल (युनाइटेड क्लब)
* उत्कृष्ट मिडफिल्डर: राजेश उरा (पाथीभरा क्लब)
* फाइनल म्याचको म्यान अफ द म्याच: शुसिल माझी (पाथीभरा क्लब)

अनुशासन र खेलभावनाका आधारमा चन्द्र–सूर्य फुटबल क्लबलाई “फेयर प्ले टिम” घोषणा गरियो।

उद्घाटन समारोह र राजदूतको सन्देश

प्रतियोगिताको उद्घाटन साउदी अरेबियाका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालद्वारा गरिएको थियो। उद्घाटन समारोहमा साउदीस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा महामहिम डा. ढकालले भन्नुभयो, “विदेशी भूमिमा रहेर पनि नेपालीहरूबीच यस्ता खेलकुद कार्यक्रम हुनु अत्यन्त सराहनीय कुरा हो। यसले हाम्रो एकता, अनुशासन र सशक्त समाज निर्माणमा टेवा पुर्‍याउँछ। यस्ता प्रतियोगिताले नेपाली समुदायलाई अझ नजिक बनाउने मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो पहिचान बलियो बनाउन मद्दत गर्दछ।”
आयोजक क्लबले प्रतियोगिता सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण खेलाडी, व्यवस्थापक, स्वयंसेवक, दर्शक र समर्थकहरूलाई धन्यवाद ज्ञापन गरेको छ। यस्ता खेलकुद गतिविधिले साउदी अरबमा कार्यरत नेपाली आप्रवासी समुदायमा आपसी सद्भाव, मित्रता र एकताको भावना अझ प्रगाढ बनाउने आयोजक समितिको विश्वास छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना