भदौ १७, नुवाकोट । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा १० करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १७, नुवाकोट । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा १० करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । 

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटमा बाढी पहिरोले १० करोडको क्षति, कहाँ कति क्षति भयो ?

१७ भाद्र २०७४, शनिबार १०:३०


भदौ १७, नुवाकोट । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा १० करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । 

जिल्लास्थित सम्बन्धित विषयगत कार्यालयले तयार गरेको क्षतिको प्रारम्भिक तथ्यको आधारमा तयार गरिएको एकिकृत प्रतिवेदनअनुसार कृषि उब्जनी एवं जोखिमको बस्तीको सुरक्षा, पशु, खानेपानी, सिँचाइ, झोलुंगे पुल, पानीघट्टलगायतमा पुगेको क्षतिको पुनःनिर्माणमा रु दश करोड लाग्ने देखिएको हो । 

जिल्ला दैवीप्रकोप उद्धार समितिले तयार गरेको तथ्यांकमा नुवाकोटमा यो आर्थिक वर्ष (साउन १–भदौ १५ सम्म)को डेढ महिनाको अवधिमा ३९२ घरधुरी किसानको ४७ हेक्टर जमिनमा लगाएको अन्नबाली पूर्णरुपमा क्षति पुगेको समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो । 

बाढी पहिरोबाट जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको अन्नबाली पहिरोले बगाएको तथा पुरिएर नोक्सान हुँदा रु ६८ लाख ९० हजारको क्षति भएको छ । प्रजिअ बरालकाअनुसार पशुतर्फ तीन घरधुरी किसानको तीन गोठमा क्षति पुगेको, खानेपानीतर्फ १८ वटा योजना क्षतिग्रस्त हुँदा रु ७२ लाख ७५ हजार क्षति पुगेको छ । 

बाढी पहिरोले ओखरबौबा मावि र भेडाबारी मावि भदु्रटार उच्च जोखिममा पुगेको, विभिन्न स्थानमा रहेका तीन घरधुरी परिवारलाई तत्कालै अन्यत्र सार्नुपर्ने र बागेश्वरीको कटुञ्जेका ४२ धरधुरी परिवारलाई सुरक्षित स्थानमा आवास निर्माणको व्यवस्था गर्नुपर्ने, बेत्रावतीको झोलंगे पुलमा क्षति पुगेको र बस्तीसमेत जोखिममा परेको र तीन स्थानमा सञ्चालित निजी पानीघट्ट बगाएको छ । 

जिल्लाको विभिन्न स्थानमा रहेका ग्रामीण सडकमा क्षति पुगेकाले त्यसको पुनःनिर्माण एवं मर्मतका लागि रु ३८ लाख खर्च हुने, बाढी पहिरोबाट क्षतिग्रस्त बनेका १५ वटा सिँचाइ कुलोको मर्मतका लागि रु ५३ लाख २२ हजार खर्च हुने विषयगत कार्यालयसँगको समन्वयमा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ । 

“विपत्ले पु¥याएको क्षतिको विषयगत कार्यालयलाई पुनःनिर्माण एवं सुरक्षित स्थानको सुनिश्चित गर्न निर्देशन दिएको छु ।” प्रजिअ बरालले भन्नुभयो, “जिल्लास्थित कार्यालयमा बजेटको अभाव र नीति तथा कार्यक्रम नहुँदा केन्द्रसँग समन्वय गर्नुपर्ने समेत देखिएको छ ।” 

बाढीले पुगेको क्षतिको लगत संकलनसहित तयार गरेको प्रतिवेदनको विश्लेषण गरी जोखिमको बस्तीलाई स्थान्तरण, कटानमा परेका जमिन सुरक्षित, पीडित भएका किसानलाई राहत उपलब्ध गराउन पहल गर्ने समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य