भदौ १७, नुवाकोट । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा १० करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १७, नुवाकोट । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा १० करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । 

2026-09-18 06:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटमा बाढी पहिरोले १० करोडको क्षति, कहाँ कति क्षति भयो ?


भदौ १७, नुवाकोट । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा १० करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । 

जिल्लास्थित सम्बन्धित विषयगत कार्यालयले तयार गरेको क्षतिको प्रारम्भिक तथ्यको आधारमा तयार गरिएको एकिकृत प्रतिवेदनअनुसार कृषि उब्जनी एवं जोखिमको बस्तीको सुरक्षा, पशु, खानेपानी, सिँचाइ, झोलुंगे पुल, पानीघट्टलगायतमा पुगेको क्षतिको पुनःनिर्माणमा रु दश करोड लाग्ने देखिएको हो । 

जिल्ला दैवीप्रकोप उद्धार समितिले तयार गरेको तथ्यांकमा नुवाकोटमा यो आर्थिक वर्ष (साउन १–भदौ १५ सम्म)को डेढ महिनाको अवधिमा ३९२ घरधुरी किसानको ४७ हेक्टर जमिनमा लगाएको अन्नबाली पूर्णरुपमा क्षति पुगेको समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो । 

बाढी पहिरोबाट जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको अन्नबाली पहिरोले बगाएको तथा पुरिएर नोक्सान हुँदा रु ६८ लाख ९० हजारको क्षति भएको छ । प्रजिअ बरालकाअनुसार पशुतर्फ तीन घरधुरी किसानको तीन गोठमा क्षति पुगेको, खानेपानीतर्फ १८ वटा योजना क्षतिग्रस्त हुँदा रु ७२ लाख ७५ हजार क्षति पुगेको छ । 

बाढी पहिरोले ओखरबौबा मावि र भेडाबारी मावि भदु्रटार उच्च जोखिममा पुगेको, विभिन्न स्थानमा रहेका तीन घरधुरी परिवारलाई तत्कालै अन्यत्र सार्नुपर्ने र बागेश्वरीको कटुञ्जेका ४२ धरधुरी परिवारलाई सुरक्षित स्थानमा आवास निर्माणको व्यवस्था गर्नुपर्ने, बेत्रावतीको झोलंगे पुलमा क्षति पुगेको र बस्तीसमेत जोखिममा परेको र तीन स्थानमा सञ्चालित निजी पानीघट्ट बगाएको छ । 

जिल्लाको विभिन्न स्थानमा रहेका ग्रामीण सडकमा क्षति पुगेकाले त्यसको पुनःनिर्माण एवं मर्मतका लागि रु ३८ लाख खर्च हुने, बाढी पहिरोबाट क्षतिग्रस्त बनेका १५ वटा सिँचाइ कुलोको मर्मतका लागि रु ५३ लाख २२ हजार खर्च हुने विषयगत कार्यालयसँगको समन्वयमा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ । 

“विपत्ले पु¥याएको क्षतिको विषयगत कार्यालयलाई पुनःनिर्माण एवं सुरक्षित स्थानको सुनिश्चित गर्न निर्देशन दिएको छु ।” प्रजिअ बरालले भन्नुभयो, “जिल्लास्थित कार्यालयमा बजेटको अभाव र नीति तथा कार्यक्रम नहुँदा केन्द्रसँग समन्वय गर्नुपर्ने समेत देखिएको छ ।” 

बाढीले पुगेको क्षतिको लगत संकलनसहित तयार गरेको प्रतिवेदनको विश्लेषण गरी जोखिमको बस्तीलाई स्थान्तरण, कटानमा परेका जमिन सुरक्षित, पीडित भएका किसानलाई राहत उपलब्ध गराउन पहल गर्ने समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई