भदौ १८, सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन शुरु भएको छ । 

वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन शुरु भएको छ । 

वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो"/>

2026-10-06 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

खुम्बुमा पर्यटकको चाप बढ्दै

भदौ १८, सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन शुरु भएको छ । 

वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । पर्यटक नआउने महिना असार/साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल निकै बाक्लो रहेको खुम्जुङका होटल व्यवसायी सोनाम छिरिङ शेर्पाले जानकारी दिनुभयो । 

वर्षा सकिएसंगै खुम्बुमा होटल, पसल, रेस्टुराँ तथा लजको सरसफाइ र आवश्यक सामग्रीको जोहो गर्न लागिएको लुक्लाकी होटल व्यवसायी दावाफुटी शेर्पाले बताउनुभयो । उहाँकाअनुसार भदौको अन्त्यदेखि पर्यटकको आगमन निकै बाक्लो हुन्छ । अहिले पनि दैनिक १०० भन्दा बढी पर्यटक लुक्लाबाट उकालो लाग्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्ज जोरसल्ले चेकपोष्टले जनाएको छ । 

सगरमाथा क्षेत्रमा वर्षभरिमा यही मौसममा सबैभन्दा बढी विदेशी पर्यटक आउने गरेको तथ्यांक छ । प्रकृतिक सुन्दरता देखिने यो मौसममा लेकसमेत कम लाग्ने स्थानीयको भनाइ छ । मौसम शुरु भएसँगै लुक्ला विमानस्थलमा हवाइजहाज तथा हेलिकप्टरको चाप बढेको छ । तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाका अनुसार अहिले लुक्लामा दैनिक १२/१५ वटाभन्दा बढी उडान हुन थालेका छन् । अबको १५ दिनमा त्यहाँ दैनिक ७०/८० वटा उडान हुने गर्दछन् । 

विसं २०७१ मा सगरमाथामा हिमपहिरो र २०७२ मा भूकम्पको असर तथा भारतीय नाकाबन्दीका कारण विसं २०७३ को यो मौसममा खुम्बुमा पर्यटक आगमन निकै कम भएको थियो तर गत वैशाख/जेठमा खुम्बुमा पर्यटकको आगमन अहिलेसम्मकै बढी भएकाले यो मौसममा पनि पर्यटकको आगमन राम्रो हुने स्थानीयको अनुमान छ । सुरुआतमै पर्यटकको आगमन राम्रो भएकाले आफूहरु उत्साहित भएको नाम्चेका व्यवसायी फुर्वाल्हामु शेर्पाले बताउनुभयो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो