भदौ १८,इलाम। ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्सौंदेखि भन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८,इलाम। ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्सौंदेखि भन्द"/>
2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामले नदेखेको, झापाले नहेरेको ‘बहुवन’

भदौ १८,इलाम। ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्सौंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो । 

झापा सीमावर्ती इरौंटार बहुवनका बासिन्दाले जहिले आफ्नो गाउँको परिचय दिँदा यो उक्ति भन्न छुटाउँदैनन् । फलफूल, नगदेबालीसहित अन्न भण्डारको रूपमा रहेको यो क्षेत्रमा हालसम्म सरकारी निकायले किसानको पक्षमा ठोस् कदम नचालेकाले स्थानीयवासीले यस्तो आक्रोश पोख्ने गरेका हुन् । 

हुवन बस्तीको मुख्य आयआर्जनको माध्यम नै कृषि र पशुपालन हो । चुरे क्षेत्रमा पर्ने उर्भरा यहाँको जमिनमा फलफूलको खेती व्यापक हुन्छ तर परम्परागत ढंगले मात्रै हुँदैआएको खेतीका कारण किसानले चित्त बुझ्दो उत्पादन गर्न नसकेको गुनासो गरेका छन् । सम्भावना भएर पनि यहाँ सिंचाइ सुविधा नहुँदा थप समस्या भएको छ । 

सुपारी, केरा, नरिवल, मरिचलगायत फलफूलले भरिएको जंगलभित्र बस्ती र अन्य खेतीबाली लगाइएको छ । धेरै वन भएकाले बहुवन नाम पाएको यो गाउँमा दुबै जिल्लाका गरी २०० घर बसोबास गर्छन् । यहाँका बासिन्दाले आफ्नै प्रयासमा खोलाको बाँध बाँधेर बस्ती जोगाएका छन् । सडक खुलाउनुका साथै बिजुली समेत बालेका छन् । 

स्थानीय प्रयास र लागनीमा गरिएका कतिपय काममा सरकारको कुनै पनि सहयोग नरहेकाले उनीहरूले जहिले पनि आक्रोश पोख्ने गरेका हुन् । सुकेनिन्दा खोलामा निर्माण थालिएको पुल पनि अलपत्र अवस्थामा छ । 

‘‘यहाँ हरेक प्रकारका काम गर्दा स्थानीयवासीले नै श्रमदानसँगै आफैं चन्दा उठाउनुपरेको छ’’ स्थानीय वृहस्पति खतिवडाले भन्नुभयो, “अन्न भण्डारको रूपमा रहको यो क्षेत्रमा कृषकलाई प्रवद्र्धन गर्ने खालका कार्य जरूरी छ ।” दुबै जिल्लाबाट हालसम्म कृषि सम्बन्धी कुनैपनि काम सञ्चालन नभएको उनीहरू बताउँछन् । सिँचाइ सुविधा नहुनु उनीहरूको ठूलो समस्या हो । सुके निन्दाबाट तीन किलोमिटरको योजना हुने हो भने गाउँलाई सिँचाइ सुविधा पुग्ने खतिवडाको भनाइ छ । 

‘‘स्थानीय प्रयासमा सम्भव नभएकाले सम्बन्धित निकायमा पटक÷पटक माग गर्दा पनि सुनुवाई भएको छैन्,’’ स्थानीयवासी चन्द्र मगरले भन्नुभयो, ‘‘सिँचाइ सुविधा हुने हो भने यहाँको उत्पादन दोब्बर हुने थियो । ’’ 

यो क्षेत्रमा सुपारीबाट मात्र प्रत्येक घरले वार्षिक ४० हजारदेखि दुई रु लाखसम्म आम्दानी गर्छन् । केराखेतीबाट पनि रु एक लाखभन्दा धेरै कमाउने कृषक धेरै छन् । अलैंँची, निबुकागती, ज्यामिरलगायतका धेरै फलफूलको व्यावसायिक उत्पादन हुन्छ । 

चुरे क्षेत्रमा पानीकोस्रोत नभएकाले सिँचाइको अन्य कुनैपनि विकल्प छैन । धान, सागसब्जी जिल्लाकै सबैभन्दा धेरै यहाँ उत्पादन हुन्छ । जिल्लाकै अन्न भण्डारको रूपमा रहेको यो क्षेत्रमा आधुनिकखेती सम्बन्धी ज्ञान र प्राविधिक जनशक्तिको पनि अभाव छ । 

बहुवन माथिको इरौंटार क्षेत्र पनि फलफूल खेतीका लागि उपयुक्त मानिन्छ । प्रत्येक घरमा सुपारी, कागतीलगायतका खेती हुने गरे पनि सिँचाइ र प्राविधिक ज्ञानको अभावमा किसानले कृषि क्षेत्रबाट अपेक्षाकृत लाभ लिनसकेका छैनन् । खानेपानी पनि पर्याप्त नभएको अवस्थामा खेतीबालीमा त लगाउन सम्भावना नै छैन, जिरी खिम्तीकी रेखा राईले गाउँको दुखेसो पोख्नुभयो । 

जिल्लाका झापासँग सीमा जोडिएका दर्जनौँ यस्ता बस्तीलाई अन्न भण्डारको रूपमा विकास गर्न सरकारी निकायले चासो देखाउनुपर्ने सरोकारवालाको भनाइ छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई