भदौ २०, बुटवल । संसदीय व्यवस्थाको विरोध गर्दै वैज्ञानिक समाजवादको विकल्पसहित स्थायिन चुनाव खारेजी गरेको नेपाल कम्युनिष्ट पार्टीले ३ महिने संगठन सुदृढिकरण तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २०, बुटवल । संसदीय व्यवस्थाको विरोध गर्दै वैज्ञानिक समाजवादको विकल्पसहित स्थायिन चुनाव खारेजी गरेको नेपाल कम्युनिष्ट पार्टीले ३ महिने संगठन सुदृढिकरण तथ"/>

९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाले तीन महिने ‘संगठन सुदृढिकरण तथा प्रतिरोध अभियान’ चलाउँदै

२० भाद्र २०७४, मंगलवार १०:११


भदौ २०, बुटवल । संसदीय व्यवस्थाको विरोध गर्दै वैज्ञानिक समाजवादको विकल्पसहित स्थायिन चुनाव खारेजी गरेको नेपाल कम्युनिष्ट पार्टीले ३ महिने संगठन सुदृढिकरण तथा प्रतिरोध अभियान सञ्चालन गर्ने भएको छ । 

संगठन निर्माण तथा सुदृढिकरण, संसदीय व्यवस्थाको भण्डाफोर तथा प्रतिरोध, जनवर्गिय संगठन तथा मोर्चाहरुको बैठक, भेला र सम्मेलन एवंम विभिन्न संघर्षका कार्यक्रमहरुसहित संगठनलाई सुदृढ गर्दै लैजाने नेकपाको योजना रहेको स्रोतले बताएको छ । 

यसैविच पार्टीका सदस्यहरुदेखी गाउँ, नगर र ईलाका हुँदै जिल्ला सदस्यहरुसम्मको प्रशिक्षण र स्कुलिङ्ग समेत राख्ने र सबै पार्टी सदस्यहरुले श्रमदान गरेर निर्माण कार्यमा समेत सहभागि गराउने बताईएको छ । 

नेकपाले दलाल संसदीय व्यवस्था विरुद्ध जनप्रदर्शन तथा भण्डाफोर अभियान देशका विभिन्न ठाउँमा गरेको छ । भण्डाफोर अभियान अन्तर्गत लुम्बिनी अञ्चलका धेरैजसो ठाउँमा अभियान सम्पन्न भैसकेका छन भने केही ठाउँमा अभियान जारी छ, यता लुम्बिनीको रुपन्देहीको भैरहवामा भएको कोणसभालाई सम्बोधन गर्दै पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले ‘कथित स्थानीय निर्वाचनले दलाल र ससदिय ब्यबस्थाका हिमायती हरुको पर्दाफास गरेको टिप्पणी गरेका छन्’ नेता चन्दले राज्यले स्थानीय निर्वाचनका नाममा सेना परिचालन गर्नु बिद्रोहि र क्रान्तिकारी शक्ति लाई दबाएर प्रतिक्रियावादी राज्य सत्ता स्थापित गर्न अन्तिम प्रयास भएको बताए । 

एक अर्को प्रशङगमा बोल्दै नेता चन्दले माओबादि केन्द्रलाई माओबादी भन्ने अधिकार नभएको बताए उनले प्रचण्ड देउवा मण्डलि सरकारले आफुहरुको शान्तिपूर्ण निर्वाचन बहिष्कारमा अनावश्यक बल प्रयोग गरेर न्युनतम लोकतन्त्रको धज्जि उडाएको नेता चन्दको टिप्पणी थियो, उनले थपे संसदीय व्यवस्थाले कुनै पनि हालतमा राष्ट्रको राष्ट्रियता, स्वाधिनताको रक्षा गर्न नसक्ने, जनताको जनजीविकालाई माथि उठाउन नसक्ने, दलालहरुको मात्रै संरक्षण गर्ने भएकोले यसलाई ध्वस्त पार्न जनता जुट्नैपर्छ । 

त्यस्तै यता नवलपरासीको कावासोतीमा र भूमहीमा भएको कोणसभामा संसदीय व्यवस्थालाई अन्त्य गर्नको लागी नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन खारेजीको अपिल गरेको भन्दै आगामी चुनावमा समेत भोट नहाल्न सबै जनताहरुलाई जिल्ला सेक्रेटरी मंगलसेनले अपिल गरेका थिए । 

यस्तै लुम्बिनीका गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु लगायतका जिल्लाहरुमा पनि विभिन्न ठाउँमा कोणसभा सम्पन्न भएको बताईएको छ । सम्बन्धित जिल्लाका जिल्ला ईन्चार्ज, सेक्रेटरीहरुको सम्बोधन रहेको सो कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको स्रोतले बतायो । शिव डुम्रेको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै