भदौ २०, बुटवल । संसदीय व्यवस्थाको विरोध गर्दै वैज्ञानिक समाजवादको विकल्पसहित स्थायिन चुनाव खारेजी गरेको नेपाल कम्युनिष्ट पार्टीले ३ महिने संगठन सुदृढिकरण तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २०, बुटवल । संसदीय व्यवस्थाको विरोध गर्दै वैज्ञानिक समाजवादको विकल्पसहित स्थायिन चुनाव खारेजी गरेको नेपाल कम्युनिष्ट पार्टीले ३ महिने संगठन सुदृढिकरण तथ"/>

2026-07-03 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाले तीन महिने ‘संगठन सुदृढिकरण तथा प्रतिरोध अभियान’ चलाउँदै

2017-09-05


भदौ २०, बुटवल । संसदीय व्यवस्थाको विरोध गर्दै वैज्ञानिक समाजवादको विकल्पसहित स्थायिन चुनाव खारेजी गरेको नेपाल कम्युनिष्ट पार्टीले ३ महिने संगठन सुदृढिकरण तथा प्रतिरोध अभियान सञ्चालन गर्ने भएको छ । 

संगठन निर्माण तथा सुदृढिकरण, संसदीय व्यवस्थाको भण्डाफोर तथा प्रतिरोध, जनवर्गिय संगठन तथा मोर्चाहरुको बैठक, भेला र सम्मेलन एवंम विभिन्न संघर्षका कार्यक्रमहरुसहित संगठनलाई सुदृढ गर्दै लैजाने नेकपाको योजना रहेको स्रोतले बताएको छ । 

यसैविच पार्टीका सदस्यहरुदेखी गाउँ, नगर र ईलाका हुँदै जिल्ला सदस्यहरुसम्मको प्रशिक्षण र स्कुलिङ्ग समेत राख्ने र सबै पार्टी सदस्यहरुले श्रमदान गरेर निर्माण कार्यमा समेत सहभागि गराउने बताईएको छ । 

नेकपाले दलाल संसदीय व्यवस्था विरुद्ध जनप्रदर्शन तथा भण्डाफोर अभियान देशका विभिन्न ठाउँमा गरेको छ । भण्डाफोर अभियान अन्तर्गत लुम्बिनी अञ्चलका धेरैजसो ठाउँमा अभियान सम्पन्न भैसकेका छन भने केही ठाउँमा अभियान जारी छ, यता लुम्बिनीको रुपन्देहीको भैरहवामा भएको कोणसभालाई सम्बोधन गर्दै पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले ‘कथित स्थानीय निर्वाचनले दलाल र ससदिय ब्यबस्थाका हिमायती हरुको पर्दाफास गरेको टिप्पणी गरेका छन्’ नेता चन्दले राज्यले स्थानीय निर्वाचनका नाममा सेना परिचालन गर्नु बिद्रोहि र क्रान्तिकारी शक्ति लाई दबाएर प्रतिक्रियावादी राज्य सत्ता स्थापित गर्न अन्तिम प्रयास भएको बताए । 

एक अर्को प्रशङगमा बोल्दै नेता चन्दले माओबादि केन्द्रलाई माओबादी भन्ने अधिकार नभएको बताए उनले प्रचण्ड देउवा मण्डलि सरकारले आफुहरुको शान्तिपूर्ण निर्वाचन बहिष्कारमा अनावश्यक बल प्रयोग गरेर न्युनतम लोकतन्त्रको धज्जि उडाएको नेता चन्दको टिप्पणी थियो, उनले थपे संसदीय व्यवस्थाले कुनै पनि हालतमा राष्ट्रको राष्ट्रियता, स्वाधिनताको रक्षा गर्न नसक्ने, जनताको जनजीविकालाई माथि उठाउन नसक्ने, दलालहरुको मात्रै संरक्षण गर्ने भएकोले यसलाई ध्वस्त पार्न जनता जुट्नैपर्छ । 

त्यस्तै यता नवलपरासीको कावासोतीमा र भूमहीमा भएको कोणसभामा संसदीय व्यवस्थालाई अन्त्य गर्नको लागी नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन खारेजीको अपिल गरेको भन्दै आगामी चुनावमा समेत भोट नहाल्न सबै जनताहरुलाई जिल्ला सेक्रेटरी मंगलसेनले अपिल गरेका थिए । 

यस्तै लुम्बिनीका गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु लगायतका जिल्लाहरुमा पनि विभिन्न ठाउँमा कोणसभा सम्पन्न भएको बताईएको छ । सम्बन्धित जिल्लाका जिल्ला ईन्चार्ज, सेक्रेटरीहरुको सम्बोधन रहेको सो कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको स्रोतले बतायो । शिव डुम्रेको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो