१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा मूपात्र जात्रा आजदेखि शुरु

२३ भाद्र २०७४, शुक्रबार ०७:३७

भदौ २३, भक्तपुर। इन्द्रजात्राको अवसरमा भक्तपुरमा निकालिने धार्मिक तथा सांस्कृतिक महत्वको प्रसिद्ध परम्परागत मूपात्र जात्रा आजदेखि शुरु भएको छ । 

नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने यो जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ । मूपात्र राक्षसको प्रतीक भएकाले यसलाई राक्षस जात्रा पनि भनिन्छ । 

जात्रामा मूपात्र प्रमुख राक्षस र धिःचा नामका अन्य दुई सहायक राक्षससहित तीनजनालाई राक्षसको भेषमा विभिन्न रङले सिङ्गारपटार गरेर तरबार समात्न लगाई भक्तपुर नगर पूरै परिक्रमा गराउने प्रचलन छ । 

मूपात्र जात्रा निस्कनुअघि सकुलान टोलका मानन्धरहरुले दत्तात्रयस्थित भीमसेन मन्दिरमा दुईवटा याँमता (आकाश दीप) बाल्छन् । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रमा गराइन्छ । 

देवीपुराण ग्रन्थमा उल्लेख भएअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको चाहिएकाले छोरा जयन्तले खोज्ने क्रममा दैत्यहरुको बगैँचामा देखेर सो फूल टिप्न लाग्दा राक्षसले जयन्तलाई पक्राउ गरी पछाडि दुई हात बाँधेर राखेकाले उनलाई छुटाउन देवता र राक्षसबीच भएको युद्धमा देवताहरुको जित भएपछि, राक्षसलाई जनतामाझ देखाउन शहर परिक्रमा गराइएकाले सोही संझना स्वरूप यो जात्रा चलाइएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । 

जात्राका क्रममा मूपात्रलाई नगर परिक्रमा गराउँदा टोल टोलमा ठड्याइएको यम्वोद्योलाई मूपात्रले तीनपटक घुमेर तरबारले हान्ने गरिन्छ । जुन दृष्यलाई इन्द्रका छोरा जयन्तसँग क्षमायाचना गरी जयन्तलाई बाँधिएको डोरी काटेको दृष्यका रुपमा व्याख्या गरिन्छ । 

यो जात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण तथा पद्यपुराण संकलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मीहरु बताउँछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह