2026-07-26 04:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारका लागि कुन देश जान कति खर्च लाग्छ ? बढी लिए यसो गर्नुस्

काठमाडौँ | बैदेशिक रोजगारीमा जानको लागि कुन देश जान कति लागत खर्च लाग्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्ने हुँदा त्यस सम्बन्धि जानकारी दिने प्रयास गरिएको छ । 

बिभिन्न म्यानपावर कम्पनीहरुले बैदेशिक रोजगारीमा जाने क्रममा सरकारले तोकेभन्दा बढी पैसा अशुलेको खण्डमा उक्त रकम अबैध हुने हुँदा सोच विचार पुर्याई म्यानपावरलाई पैसा बुझाउनुपर्छ । जुन देशको लागि जति पैसा तोकिएको हुन्छ त्यो भन्दा बढी रकम म्यानपावरले आशुलेमा म्यानपारले कानुन अनुसार कारवाहीको भागीदार हुनुपर्छ । 

साथै कसैले तोकेभन्दा बढी रकम माग गरेमा बैदेशिक रोजगार बिभागको फोन न. ४७८२४५४ मा सिधा सम्पर्क गर्न सकिन्छ ।  त्यस्तै बैदेशिक रोजगार प्रवर्दन बोर्डको फोन न. ४१०५०६८ मा पनि फोन गर्न सकिन्छ । 

खाडी मुलुक र मलेशियाको हकमा फ्रि भिषा फ्रि टिकट लागू गरिएको छ । साथै बिदेशस्थित कम्पनीले इजाजतपत्रवाला संस्थाहरुलाई सेवा शुल्क रकम प्रदान नगरेको अवस्थामा मात्र माथि उल्लेखित सेवा शुल्क वापत अधिकतम रु. १०,००० सेवा शुल्क लिन पाइनेछ । तर बैदेशिक रोजगारमा पठाउने म्यानपावरले तोकेभन्दा ५० गुणासम्म रकम अशुली गर्दै आएका छन् । 

हेर्नुस् – बैदेशिक रोजगारीको लागि कुन देशमा जान कति खर्च लाग्छ ?

याद राख्नुहोस् तोकिएभन्दा बढी रकम लिने म्यानपावरलाई कारवाही हुन्छ । यदी तपाइँले कुनै म्यानपावरलाई तोकिएभन्दा बढी रकम बुझाई विदेश जानुभयो र बिदेशमा कुनै समस्या परेको खण्डमा नेपाल आई क्षेतीपूर्ति माग्नुपर्ने भयो भने तपाईले जाँदा जति पैसा तिर्नुभएको थियो त्यति फिर्ता नपाउन पनि सक्नुहुन्छ त्यसैले बैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेभन्दा बढी पैसा दिनु हुँदैन । तर अधिकांश म्यानपावर कम्पनीहरुले विदेशमा जाने कामदारसँग अबैध रुपमा मोटो रकम अशुल गर्ने गरेका थुप्रै उदाहरणहरु छन् ।

यदी तपाइँसँग कुनैपनि म्यानपावरले तोकिए भन्दा बढी रकम अशुल गर्न खोजेको छ भने तपाइँले माथि दिईएको नम्बरमा सम्बन्धित निकायमा सम्पर्क गर्न सक्नुहुन्छ । तर धेरैले त्यसबारे जानकारी हुँदा-हुँदै पनि सम्बन्धित निकायलाई सूचना दिन खोज्दैनन् । जसको कारण बैदेशिक रोजगारीमा हुने ठगि नियन्त्रण हुन सकेको छैन । यदी कुनै म्यानपावरले चर्को रकम अशुल्छ भने यसको लागि यथेस्ट प्रमाण जुटाउन वा म्यानपावरले मोटो रकम मागेपछि माथि दिईएका फोनमा सम्पर्क गरी म्यानपावरको काम-काज नै ठप्प बनाउन सकिन्छ ।

:: सरकारी मापदण्ड अनुसार बैदेशिक रोजगारका लागि तलका देशमा जाँदा तोकिएको भन्दा बढी रकम अशुल्नु अबैध र गैरकानुनी हुन्छ:-

1. Malaysia – Rs. 10,000/- 

2. Japan – Rs. 50,000/-

3. Bahrain – Rs. 10,000/-

4. Kuwait – Rs. 10,000/-

5. Lebnan – Rs. 70,000/-

6. Maurisas – Rs. 19,000/-

7. Oman – Rs. 10,000/-

8. Poland – Rs. 80,400/-

9. Qatar – Rs. 10,000/-

10. Rasiya – Rs. 80,000/-

11. Saudi Arabia – Rs. 10,000/-

12. UAE – Rs. 10,000/- 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली