१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मजातै बांगिएको नाक सोझ्याउन जाँदा मृत्यु, ओम अस्पताल तनावमा

२९ भाद्र २०७४, बिहीबार ०६:५५

भदौ २९, काठमाडौँ | घटना निकै नाम चलेको काठमाडौँकै चाबहिलमा रहेको ओम अस्पतालको हो ।  जन्मजातै बांगिएको नाक सोझ्याउन भनि ४ दिनदेखि अस्पताल भर्ना भएकी बुटवलकि ४० वर्षीया कमला भट्टराईको अनाहकमा मृत्यु भएको छ । 

मात्र नाक बांगीएको थियो, नदुखेको थियो नत कुनै समस्या नै थियो । नाक सोझ्याउन भनि अस्पतालमा बुझ्न जाँदा सामान्य अप्रेशन गरेपछी नाक सोझिन्छ भने पछी नाकको अप्रेशन गरियो तर नतिजा सोच्दै नसोचेको आयो — मृत्यु ! 

काठमाडौँको चाबहिल स्थित ओम अस्पतालमा नाकको सामान्य शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल फेरी तनावमा फसेको छ । सामान्य भन्दै सल्यक्रिया गरिएको तर अहिले त्यसकै कारण भट्टराईको मृत्यु भएपछी अस्पताल जिम्मेवार भन्दै आफन्तहरुले अस्पतालमै नाराबाजी गरेका थिए । 

समस्या थियो नाकको कुर्कुर हाडमा । त्यो पनि नदुखेको थियो नत कुनै समस्यानै । मात्र बांगीएको कारण श्रीमतीको नाक देखाउन कमलाका श्रीमान् वसन्त भट्टराई अस्पताल पुगेका थिए । उनलाई नाक सोझ्याउनुपर्ने भन्दै सामान्य अप्रेशन गर्नुपर्ने अस्पतालले बतायो । बांगीएको नाक सामान्य अप्रेशनपछी सोझ्याउन सकिने भएपछी अप्रेशनको लागि ४ दिनदेखि ओममा भर्ना गरियो । कमलाको उपचार अस्पतालका नाक/कान/घाटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईंको संलग्नतामा रह्यो । अप्रेशन भयो तर बिरामीलाई बिभिन्न समस्याले च्याप्यो, नाकबाट रगत बग्न रोकिएन । बान्ता भईरह्यो । पिसाव समेत रोकियो । अनि परिणाम मृत्युमा गएर टुंगियो ।

उपचारमा लैजाँदा सामान्य अप्रेसन भन्ने अस्पतालको कुरा अहिले बिरामी मरेपछि फेरिएको छ । अस्पतालले अहिले भन्न थालेको छ – 'नाकको सामान्य अप्रेशन भएपनि संवेदनशिल हुन्छ, इन्फेक्सन हुन सक्छ र बिरामीनै मर्न पनि सक्छ ।' तर उपचार अघि कमला र उनका श्रीमानलाई अस्पतालले अप्रेशनपछी बिरामीको मृत्यु नै हुनसक्ने कुरा किन बताएन ?' उनका श्रीमान तथा आफन्तको एउटै प्रश्न छ । अस्पतालले अप्रेशन पछी बिभिन्न नाममा डेढ लाखको औषधि किन्न लगाएको समेत बताइएको छ । 

यसैको विरोध स्वरूप आज बिहिबार पनि ओम अस्पतालमा तनाव सृजना हुने देखिएको छ । मृतक भट्टराईका आफन्तले आज १ बजे ओम अस्पताल बिरुद्ध आन्दोलन गर्ने जानकारी दिएका छन्  । 

ओम अस्पतालमा यस्ता लापरवाहीको घटना हरेक महिनाजसो आउने गरेको छ । यसरी बारम्बार बिभिन्न घटना घट्दा पनि नियमन निकाय मौन बसेका छन् ।  

माथीको तश्विरमा: मृतक कमला अर्याल भट्टराई बायाँ र ओम अस्पताल बायाँ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह