२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले १ किलो सुन पाइन्

२०७४, ३१ भाद्र शनिबार ०४:१८

भदौ ३१, काठमाडौं | १ किलो सुन ? मान्छेलाई १ तोला सुन पाउँदा पनि रमाइलो लाग्छ तर एक किलो पाउँदा कति खुसि लाग्ला ? 

बजार भाउकै कुरा गर्ने हो भने १ तोला सुनको मूल्य ५७ हजार माथी छ ।  अब आफै हिसाव गर्नुस १ किलोमा ८५.७ तोला सुन हुन्छ भने १ किलो सुनको मूल्य कति पर्ला ? लगभग ४९ लाख । 

कुरा ख्यातीप्राप्त दैनिक पत्रिका कान्तिपुर स्वर्णपुर ग्राहक योजनाको हो । यसपाली कान्तिपुर दैनिकको कान्तिपुर स्वर्णपुर ग्राहक योजनाको बिजेता कलंकीकी ५० वर्षीया गृहिणी कमला रिजाल हुन सफल भएकि छन् । कमलालाई शुक्रबार घोषणा गरिएको बम्पर पुरस्कारले ठूलो खुसि दिएको छ । बडादसैंको पूर्वसन्ध्यामा उनले ‘कान्तिपुरकोस्वर्णपुर’ ग्राहक योजनाको बम्पर पुरस्कार बापत १ किलो(८५.७ तोला) सुन प्राप्त गर्न सफल भएकी हुन् । 

आज कान्तिपुर दैनिकले लेखे अनुसार बम्पर पुरस्कारको लक्की ड्र शुक्रबार कान्तिपुर टीभीमा ४ बजेपछि लाइभ देखाउने कुरा कमलालाई पनि थाहा थियो । टिभी हेरौं भनेर टीभी हेर्न खोजेकी कमला बिजुली गएपछि बारीतिर ओर्लिइन् तर पछि  घरको फोनमा कुनै अपरिचितले १ किलोसुन परेको खबर सुनाउंदै बधाई दिएका थिए  ।

कान्तिपुर पत्रिकाको ग्राहक बनेर प्राप्त गरेको सुन बिक्री गरी छोरीलाई एमडी पढाउने कमलाको योजना छ । ‘छोरीलाई पैसा तिरेर डाक्टर पढाएँ, अब सुन बिक्री गरेर एमडी बनाउनेछु,’ उनले भनिन् ।

कान्तिपुरले चैतदेखि थालेको ६ महिने कान्तिपुरको स्वर्णपुर ग्राहक अभियानको समापन कमल पोखरीस्थित सिटी सेन्टरमा गरिएको थियो । त्यहाँ गरिएको लक्की ड्रमा कमलाको ग्राहक

रसिद नम्बर ८३५२३ छानिएको थियो । उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल