2026-11-24 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ – ‘फ्री भिषा फ्री टिकट’ लागु गर्नुको भित्री रहश्य ! मुख्य ठगहरु को-को हुन् ?

अनिल अधिकारी (काठमाडौँ) | देशमा नियम बन्छ तर तर ब्यबहारमा लागु हुँदैन । नियम बनेर कागजमा सिमित बन्नु र लागु नहुनु निकै दु:खको कुरा हो । यो निकै गम्भीर बिषय पनि हो । 

कसै गरेपनि बैदेशिक रोजगारीमा ठगि नियन्त्रण गर्न नसकेपछी रोजगारीका लागि जाने सात देशमा दुई वर्ष पहिले फ्रि भिसा, फ्रि टिकट लागु भएको सबैलाई थाहा छ । तर उक्त नियमलाई कुन म्यानपावरले लागु गरेको छ, त्यसको डाटा स्वयम् नियमन निकायलाई समेत पत्तो छैन । बरु यति कुरा स्पष्ट छ कि निशुल्कको नाममा पहिलेभन्दा बढी फाइदा म्यानपावरहरुले लुटिरहेका छन् । त्यसो त सरकारले समेत लुट्न छुट दिएको छ र लुटको हिस्सा बिभिन्न सम्बन्धित निकायमा आवद्ध कर्मचारीदेखि मन्त्रिसम्मलाई पुगेको छ । 

विदेश जाने युवालाई राहत दिने भन्दै तात्कालिन सरकारले गरेको निर्णय यतिसम्म कमाई खाने भाडो बनेको छ कि अहिले म्यानपावर र सम्बन्धित निकायसम्म सबैले त्यसको फाइदा उठाईरहेका छन् । नियम लागु गर्न भन्दै नियमन गर्नुपर्ने निकायहरुको दैनिक जस्तो हुने बैठकहरुमा के निर्णय गर्छन र कस्ता कारवाही गर्छन् उनीहरुलाई नै थाहा होला । तर वास्तविकता बाहिर कारवाही गरेजस्तो पनि गर्ने अनि पाएसम्म आफुले पनि लुट्ने प्रवृति मौलाएको छ । यसरी लुट्ने नियमन निकाय कुन हो भन्ने कुरा यहाँ उल्लेख गरिराख्नु जरुरी छैन । यस बिषयमा विदेश जाने कामदारहरु  स्पष्ट छन् ।

बैदेशिक रोजगारीको लागि शुन्य लागतको निर्णय गर्दा भनिएको थियो – ‘गन्तव्य देशले सबै खर्च व्यहोर्नेछन् र नव्यहोरेको खण्डमा भने म्यानपावर कम्पनीले १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।’  तात्कालिन श्रममन्त्रीले यस्तो घोषणा गरेपछी म्यानपावरहरुमा आतंक सृजना भयो । अनि त्यसको बिरोधमा म्यानपावरहरुले आन्दोलन पनि गरे तर भित्रभित्रै म्यानपावरहरुले नियम ल्याउनुको भित्री कुरा बुझेपछि आन्दोलन गर्न छाडेको देखियो । त्यतिखेर म्यानपावरहरुले किन आन्दोलन गर्न छाडे भन्ने कुरा अहिले बिस्तारै प्रमाणित हुँदै गएको छ । फ्री भिषा फ्री टिकटको नीति लागु गर्दा म्यानपावरलाई नै फाइदा पुग्ने भित्री जानकारी म्यानपावरहरुले पाईसकेका थिए । देशमा नीति लागु भएपनि पुरा गर्नुपर्ने भन्ने कतै नलेखिएको अथवा देशको बेथितिलाई बुझेर म्यानपावर झनै छाडा साढेझैं बन्न पुगे । सरकारले निर्णय गरे अनुसार नीतिलाई टेकेर १० हजारको रसिद दिन त थालियो तर त्यसको ३० गुणा भन्दा बढीसम्म पैसा तिरेर पनि समस्यामा परेका कामदारले आफुले तिरेको पैसा दावी गर्ने आधार पूर्ण रुपमा गुमाए । 

सरकारले हेर्दा १० हजार मात्र लिएको देखिएपनि मोटो रकम अशुल्ने गरिएको वास्तविकता बुझेर पनि कर्मचारीदेखि प्रधानमन्त्रीसम्मका पदीय हैसियत पाएकाहरु चुप रहनु यति लज्जास्पद हो कि आज नामनै किटेर यसले-यसले बेथितिलाई मलजल गरेको छ भन्नुपर्ने समय आएको छ ।  

तात्कालिन समयमा शुन्य लागतको घोषणा गरेर बसेको सरकारले म्यानपावरलाई कहिलेकाही केहि कारवाही गर्न खोजे जस्तो देखाएपनि भित्रभित्रै मिल्ने गरेको सबैको गुनासो छ जसलाई प्रमाणित गर्ने काम भईरहको अवस्था छ । बिभाग कतिसम्म भ्रष्ट छ भन्ने कुरा उसले पछिल्लो समय गरेको बिभिन्न कारवाहीबाट स्पष्ट हुन्छ । बिभागले गत बर्ष ‘फ्री भिषा, फ्री टिकट’ को ब्यबस्था लागु गरे-नगरेको बिषयमा विवरण माग गर्दा समेत भित्रभित्रै धेरै मिलिमतो गरेको कुरा केहि म्यानपावरले जानकारी दिएका छन् । त्यसमा शुन्य लागत ब्यबहारमा लागु गरे-नगरेको बिषयमा पछिल्लो समय  ३० वटा म्यानपावरलाई कारवाही गरेजस्तो गरेर बिभागले अझै उसको कामको विश्वसनितालाई प्रमाणित गरेको छ । उसले एकै कामदारबाट ४ लाख अशुलेर १० हजारको रसिद दिने अधिकांश म्यानपावरलाई समेत संरक्षण गरेको छ भने अझ विवरणनै नबुझाउने म्यानपावरलाई समेत बढीमा १ लाख जरिवाना गरेर आफैलाई निकम्मा सावित गरेको छ । 

शुन्य लागतको नियम लागु भएपछी कामदारले क्षेतिपूर्ति समेत कम पाउन थालेका छन् भने जति ठगेपनि बिभिन्न बहानामा मिलाउन सक्नेमा म्यानपावरहरुलाई जानकारी छ | एकै आर्थिक बर्षमा ८/९ मुद्धा एकै म्यानपावरलाई पर्दा समेत म्यानपावरनै खारेज गर्नेसम्मको कारवाही गर्न नसक्नु बिभागको संकास्पद कारवाही अन्तर्गत पर्दछ । भित्री रुपमा म्यानपावरसँग बिभागका उच्च अधिकारीसम्मको मिलिमतो नहुँदो हो त ठगीकै आरोपमा सयौं म्यानपावर खारेज गर्नुपर्ने स्थिति छ तर त्यस्तो हुँदैन किन ? 

सरकार तथा बिभागकै नीति नमान्ने म्यानपावर, ठगि गर्न पाउनुपर्छ भन्दै खुलेआम आन्दोलन गर्ने म्यानपावर व्यवसायी, १० हजारको रसिद दिएर ३० गुणासम्म रकम लिएको थाहा पाई-पाई बुझ पचाउने सरकारी निकाय सबैमा मिलिमतोको ठुलो संजाल छ । 

अझ बैदेशिक रोजगार बिभागमा यतिसम्म हुने गरेको उदाहरण भेटिएको छ भने कुनै व्यक्ति बैदेशिक रोजगारीमा पुगेर समस्स्यामा परेपछि फर्कन्छ तव क्षेतीपूर्तिको लागि बिभाग गुहार्न पुग्छ भने बिभागले म्यानपावरलाई विभागमा बोलाई मिलिमतोमा घुसाउने अनि कामदारलाई बाहिर-बाहिर बिभिन्न डर देखाएर आफुले तिरेभन्दा कम रकम क्षेतीपूर्ति दिएर पठाउने गरेको पाईको छ । यही बिषयमा बिभागका अधिकारीहरुलाई कुरा राख्ने हो भने उनीहरुले भन्ने गरेका छन् – ‘हामीले त गर्नु गरेका छौं, १० हजारको प्रमाण भएकालाई समेत १ लाख क्षेतीपूर्ति दिएर पठाएका छौं ।’ तर वास्तविकता क्षेतिपूर्ति पाउनुपर्ने व्यक्तिले २/३ लाख भन्दा बढी म्यानपावरलाई बुझाएको हुन्छ ।

मिलिमतोकै कुरामा पनि बिभाग र म्यानपावर बीच अचम्मको सम्बन्ध छ । बिभागले चाहेमा म्यानपावरको काम रोक्का गर्न सक्छ, तर बिभागले रोक्नु अघिनै सम्बन्धित अधिकारीहरुको मुखमा बुझो लागि सकेको हुन्छ । जब मुखमा बुझो लाग्छ तव सत्यताले हार्छ । 

म्यानपावर माथि शृंखलाबद्ध तीन आतंक 

यता म्यानपावरलाई मात्र दोषी बनाएर बैदेशिक रोजगार बिभाग र सम्बन्धित मन्त्रालय आफु उम्कन खोज्ने धेरै प्रयास गर्ने गरेका छन् । म्यानपावरमा हुने बेथितिको मुख्य दोषी बिभाग र मन्त्रालयनै हो भनेर ठोकुवा गर्ने धेरै आधारहरु छन् । 

केहि म्यानपावर व्यवसायीको आरोपलाई सापटी लिएर भन्ने हो भने मन्त्रालयको समेत निर्दशनमा बैदेशिक रोजगारीमा ठगि गर्न बाटो खुला गरिएको छ । मन्त्रीसम्मको निर्देशनमा कामदारसँग मोटो रकम लिन पाइने भित्री छुट भएको म्यानपावर व्यवसायीहरु नै स्वीकार गर्छन् । 

पछिल्लो तीन आतंकको बिषयमा चर्चा गर्ने हो भने बैदेशिक रोजगारीमा हुने ठगिमा मन्त्रालयसम्मको हात छ । पहिलो आतंक फ्री-भिषा फ्री टिकटबाट सुरु भएको हो । फ्री भिषा र फ्री टिकटको व्यवस्थाले धेरै भ्रष्ट कर्मचारीहरुको भुडी भर्ने काम गरेको छ । पछिल्लो ठगीको सृंखला त्यसमै आधारित देखिन्छन् । त कुटेजस्तो गर म रोए जस्तो गर्छु भन्ने प्रवृति म्यानपावर र बिभागमा चलेका छन् । 

त्यस्तै दोश्रो आतंक फ्री भिषा फ्री टिकटमै आधारित भएर सुरु भएको थियो । गत बर्ष बैदेशिक रोजगार बिभागले सरकारले लागु गरे अनुसारको फ्री भिषा फ्री टिकट लागु भए-नभएको विवरण बुझाउन सबै म्यानपावरलाई सुचित गर्यो । बिभागले विवरण मागे पछी धेरै म्यानपावरहरुमा आतंक नै मच्चियो तर त्यसको समाधान निकै लाजामर्दो तरिकाले गरियो । विवरण नबुझाउने म्यानपावरले समेत मात्र १ लाख तिरेर उन्मुक्ति पाए । बिभागले यो दौरानमा भित्र-भित्रै करोडौं रकम अशुलेको आशंका गरिएको छ । 

त्यस्तै पछील्लो समय म्यानपावर अनुगमनको अर्को आतंक सुरु गरेर फेरी अर्को चरणको पैसा अशुली धन्दा चलाईएको कुरा चर्चामा छ । त्यसो त अनुगमनका नाममा पनि प्रत्येक म्यानपावरहरुसँग बिभागले बार्गेनिंग गर्ने तथा बिभिन्न आतंक फैलाउने गरिएको केहि म्यानपावर व्यवसायीहरु बताउँछन् । 

 बिभिन्न मिडियामा बिभागका कर्मचारी तथा श्रममन्त्रीको नाम नै तोकेर समाचार बाहिर आउँदा समेत बिभागले आफुलाई सहि छु भनेर बोल्नेसम्मको आँट गरेको छैन । यसरी हेर्दा जे-जे हुन्छ चुप बस्ने अनि सकेसम्म कमाई गर्ने धन्दामा बिभाग लागि परेको देखिन्छ । बैदेशिक रोजगार ब्यबसायमा संलग्न म्यानपावरहरुसँग अशुलेको पैसा मन्त्रालयसम्म पुर्याउन कर्मचारीको समेत सेटिङ तथा सरुवा गर्नेसम्मको हर्कत हुने गरेको छ । 

बैदेशिक रोजगारमा हुने ठगी अन्त्य गर्नु पर्ने जिम्मेवारी लिएको मन्त्रालय र त्यसपछि बिभागका ठुला ठगहरुको कारण बेथितिले मलजल पाएका छन् । यिनिहरु नसुध्रिएसम्म वा यिनीहरुको स्थानमा राम्रा व्यक्तिलाई पुनर्वहाली नगर्दासम्म नत बैदेशिक रोजगारमा संलग्न म्यानपावर व्यवसायी सुध्रिन्छन् नत ठगि नै अन्त्य हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै