३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यसरी सम्पन्न भयो दुई दिने तेस्रो हात्ती महोत्सव

२ कार्तिक २०७२, सोमबार ०४:२१

elephant copy

प्रभात सुवेदी/कात्तिक २, बर्दिया । वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षणका लगि जनचेतनामूलक अभियान सञ्चालन गर्दे आएको वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा युवा परिचालन अभियानद्वारा तेस्रो हात्ती महोत्सव २०७२, जिल्लाको निकुञ्जक्षेत्र ठाकुरद्वारामा रहेको हात्तीसारमा आज सम्पन्न गरिएको छ ।
elepahnt copy
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक योजना अधिकृत रमेशकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न महोत्सवको पहिलो दिनमा औपचारिक मञ्चीय कार्यक्रम, पुरुष पौडी प्रतियोगिता, हात्ती फुटबल खेल, सम्मान कार्यक्रम, स्थानीय थारु संस्कृतिका झाँकीहरुका साथै चर्चित लोक गायकगायिकाहरुले आफ्ना साङ्गीतिक प्रस्तुतीहरूद्वारा भरपुर मनोरञ्जन गराएका थिए ।

यसैगरी दोस्रो दिन आज खुला महिला पौडी प्रतियोगिता, निकुञ्जका कर्मचारीहरु तथा संरक्षणप्रेमी युवाहरुका बिचमा मैत्रीपूर्ण पूmटबल खेलका साथै विविध स्थानीय सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको छ ।

bardiya copy

सांस्कृतिक कार्यक्रममा मुख्य आकर्षणका रुपमा रहेका लोकगायक शेरबहादुर आचार्य ‘गाईने’, सुनिता वि.सि., रामप्रसाद लामिछाने, भदै थारु लगायतले आफ्ना साङ्गीतिक प्रस्तुतीहरु राख्दै विजया दशमी तथा दिपावलीको शुभकामना गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

paudi copy

विगतमा सुङगुरको बच्चालाई हात्तीद्वारा कुल्चाएर मार्न लागइ मनाउँदै आइएको महोत्सवमा निरिह प्राणीलाई अजंगको जनावरद्वारा मार्न लगाइनु संरक्षणप्रेमीहरुको लागि अनुपयुक्त भएको ठहर गर्दै विगत तीन वषदेखि हात्ती महोत्सवलाई हात्ती फुटबल आयोजना गर्दै मनाउन थालिएको हो । निकै नै रोमाञ्चकपूर्ण तरीकाले खेलाइएको हात्तीको मैत्रीपूर्ण खेल पनि अत्यन्तै प्रतिस्पर्धात्मक रेहेको थियो ।

खेलमा ओम गज, श्यामकली गज, कुमार गज, गणेश गज, रेञ्जर गज, समिर गजबीच भएको घम्साघम्सीमा समिर गजले २ गोल र कुमार गजले १ गोल हान्दै समिरले आफ्ने टिमलाई विजयी गराएका थिए । उक्त खेल हेर्न आएका दर्शकहरु खेल हेरेर निकै आनन्द मान्दै ताली र हुटिङले साथ दिएका थिए ।

बर्दियामा भेटियो नयाँ चरा
यसैबिच बर्दियाको राष्ट्रिय निकुञ्जमा २०७२ जेठ १९ गते ‘Mottled Wood Owl’ जातको नयाँ चरा भेटिएको छ ।

लामो समयदेखि चराहरुको अध्ययन अनुसन्धानमा लागेका रामबहादुर शाहीले पत्ता लगाउनुभएको यो चराको स्थानीय नाम ‘कब्रार उलुक’ राखिएको छ । यसको नेपाली नाम भने नेपालमा विगत ४० वर्षदेखि चराहरुको अनुसन्धान गर्दे आउनुभएका वेलायती नागरिक क्यारोल इन्सकिपले घोषणा गर्नुभएको हो । घोषणका क्रममा क्यारोलले रामबहादुरको यो कार्य अत्यन्तै प्रशंनीय रहेको भन्दै धन्यवाद दिनुभएको थियो ।

यो चरा पत्ता लगाएवापत चराविज्ञ रामबहादुर शाहीलाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै बोल्दै राम्रो काममा निरन्तर लागेमा पक्कै पनि यसको उचित कदर हुने रहेछ भन्दै नेपालमा ८ सय ७१ जातका चराहरु रहेकोमा अवदेखि ८ सय ७२ प्रजातिका चराहरु भएको दावी गर्नुहुँदै अझै पनि नयाँ प्रजातिका चराहरु रहेकोमा यसको खोज तथा अनुसन्धान गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।

कार्यक्रम चोरी शिकार नियन्त्रण युवा परिचालन समितिका अध्यक्ष हेमन्त प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली