३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हातमा सारङ्गीका साथ अचानक राजु दाइ देखिएपछि…

७ कार्तिक २०७२, शनिबार ०६:५१

प्रभात सुवेदी।कात्तिक ७, बर्दिया ।

अव विदेश नजानु तर्केर ।
नयाँ नेपाल आउनु है फर्केर ।।
सशस्त्र द्वन्द्व अगाडि हिउँदमा आफ्नो पूख्र्यौली पेशा धान्न र लोक रीतिथितीको जगेर्ना गर्न प्रसस्तै गाइनेदाइहरु सारङ्गी बोकेर गाउँशहरमा आउने गर्दथे ।

gain news

गाउँठाउँमा भएका सामाजिक घटनाहरुलाई जस्ताको तस्तै उतारेर विभिन्न लोकभाकाहरुमा समेट्दै ती घटनाहरुलाई एक स्थानबाट अर्को ठाउँमा पु¥याउन सम्बाददाताको रुपमा काम गर्दथे । तर, आजभोली भने यो दृश्य विरानो बन्दै गएको छ । नेपाली लोकबाजा सारङ्गी देख्न अवका पुस्ताले संग्रहालय धाउने अवस्था आउन थालेको छ ।

शनिवार विहान अकस्मात एकजना गाइने दाइ सारङ्गी बोकेर देखिए सदरमुकाम गुलरियामा । दाङ राक्सेचौर–३, घर भएका राजु गन्धर्व दशै मनाए लगत्तै तिहारका लागि खर्च जुटाउन पुर्खाको चिनो सारङ्गी बोकेर बर्दिया झर्नुभयो । उहाँ बताउनुहुन्छ, ‘म प्रत्येक वर्ष यसरी नै आउने गर्छु , यसो २÷४ पैसा कमाइ पनि हुने आफ्नो पुख्र्यौली पेसा पनि धानिने हजुर ।’ पछिल्लो समयमा यो चलन हराएकोमा राजु गन्धर्व अत्यन्तै दुःखी हुनुहुन्छ । आफ्नै छोराछोरीहरुले पनि सिक्न त्यति चासो नदिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘१२, १३ वर्षका बालबालिकाहरुले त सारङ्गी देखेकै छैनन्, यसरी सारङ्गी बजाएर हिँड्दा केटाकेटीहरु अचम्मै मान्छन् भने ठूलाहरुले खुसी व्यक्त गर्दछन् ।’

खासगरी खमारी जातको काठबाट विशेष सिपद्वारा खोक्रो आकृतिमा तयार गरी, खाली भागलाई छालाले मोडेर, नाइलनको चारओटा तारहरुलाई घोडिमा कसेर, घोडाको पुच्छरको कर्द बनाई सल्लाको खोटोमा घोटेर बजाइन्छ । निकै सिप र कौषल भएपछि यसबाट अत्यन्तै मधुर आवाज निकाल्न सकिन्छ । हाल यो बाजाको आवाज नेपाली लोक तथा केही आधुनिक गीतहरुमा समेत प्रयोग गरिएको छ ।

खासै जग्गा नभएको र घरखर्च चलाउन आफू आएको राजु गन्धर्वले सासलाई बताउनुभयो । आजभोलीका पुस्ताले यो बाजा सिक्न नचाहेको तर गाउँघरमा क्लब बनाएर सिक्ने गरेको भएपनि यसलाई कुशलतापूर्वक बजाउनेहरुको अभाव बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा