२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हातमा सारङ्गीका साथ अचानक राजु दाइ देखिएपछि…

२०७२, ७ कार्तिक शनिबार ०६:५१

प्रभात सुवेदी।कात्तिक ७, बर्दिया ।

अव विदेश नजानु तर्केर ।
नयाँ नेपाल आउनु है फर्केर ।।
सशस्त्र द्वन्द्व अगाडि हिउँदमा आफ्नो पूख्र्यौली पेशा धान्न र लोक रीतिथितीको जगेर्ना गर्न प्रसस्तै गाइनेदाइहरु सारङ्गी बोकेर गाउँशहरमा आउने गर्दथे ।

gain news

गाउँठाउँमा भएका सामाजिक घटनाहरुलाई जस्ताको तस्तै उतारेर विभिन्न लोकभाकाहरुमा समेट्दै ती घटनाहरुलाई एक स्थानबाट अर्को ठाउँमा पु¥याउन सम्बाददाताको रुपमा काम गर्दथे । तर, आजभोली भने यो दृश्य विरानो बन्दै गएको छ । नेपाली लोकबाजा सारङ्गी देख्न अवका पुस्ताले संग्रहालय धाउने अवस्था आउन थालेको छ ।

शनिवार विहान अकस्मात एकजना गाइने दाइ सारङ्गी बोकेर देखिए सदरमुकाम गुलरियामा । दाङ राक्सेचौर–३, घर भएका राजु गन्धर्व दशै मनाए लगत्तै तिहारका लागि खर्च जुटाउन पुर्खाको चिनो सारङ्गी बोकेर बर्दिया झर्नुभयो । उहाँ बताउनुहुन्छ, ‘म प्रत्येक वर्ष यसरी नै आउने गर्छु , यसो २÷४ पैसा कमाइ पनि हुने आफ्नो पुख्र्यौली पेसा पनि धानिने हजुर ।’ पछिल्लो समयमा यो चलन हराएकोमा राजु गन्धर्व अत्यन्तै दुःखी हुनुहुन्छ । आफ्नै छोराछोरीहरुले पनि सिक्न त्यति चासो नदिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘१२, १३ वर्षका बालबालिकाहरुले त सारङ्गी देखेकै छैनन्, यसरी सारङ्गी बजाएर हिँड्दा केटाकेटीहरु अचम्मै मान्छन् भने ठूलाहरुले खुसी व्यक्त गर्दछन् ।’

खासगरी खमारी जातको काठबाट विशेष सिपद्वारा खोक्रो आकृतिमा तयार गरी, खाली भागलाई छालाले मोडेर, नाइलनको चारओटा तारहरुलाई घोडिमा कसेर, घोडाको पुच्छरको कर्द बनाई सल्लाको खोटोमा घोटेर बजाइन्छ । निकै सिप र कौषल भएपछि यसबाट अत्यन्तै मधुर आवाज निकाल्न सकिन्छ । हाल यो बाजाको आवाज नेपाली लोक तथा केही आधुनिक गीतहरुमा समेत प्रयोग गरिएको छ ।

खासै जग्गा नभएको र घरखर्च चलाउन आफू आएको राजु गन्धर्वले सासलाई बताउनुभयो । आजभोलीका पुस्ताले यो बाजा सिक्न नचाहेको तर गाउँघरमा क्लब बनाएर सिक्ने गरेको भएपनि यसलाई कुशलतापूर्वक बजाउनेहरुको अभाव बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह