१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

१ आश्विन २०७४, आईतवार ०८:४३

असोज १, काठमाडौँ। नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ । 

केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४ देखि हालसम्म भर्ना भएका चार हजार ७८ मध्ये दुई हजार ५१३ जनाको उपचार गरेको केन्द्रका सचिव रम्भा लामाले बताउनुभयो । केन्द्रमा उपचारका लागि भर्ना भएकामध्ये मानसिक असन्तुलन र शारीरिक अक्षमताका कारण २११ र पूर्णकालीन सुविधा नलिई एक हजार २७२ घर फिर्ता भएका छन् । हाल ७८ जनाले केन्द्रमा उपचार गरिरहेका छन् । 

स्थापनाको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले लागूऔषध दुव्यर्सनलाई रोक्न घरबाटै अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय पुरुष सँगसँगै महिला पनि दुव्यर्सनमा फस्दै गएको बताउँदै केन्द्रले महिलाको उपचारका लागि पनि छुट्टै उपचार केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिनुभयो । 

केन्द्रका अध्यक्ष सीमा अर्यालले देशको उत्पादनशील र विकासका आधारस्तम्भका रुपमा रहेका युवा लागूऔषधको जोखिममा परेकाले तिनको उपचारका लागि केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । 

संस्थाका सचिव लामाले लागूऔषधमुक्त समाज निर्माण गर्ने तथा लागूऔषध प्रयोगकर्तालाई सभ्य नागरिकका रुपमा स्थापित गर्ने उद्देश्यले केन्द्रले लागूऔषध प्रयोगकर्तालाई योगाभ्यास, खेलकुद, नृत्य, साधनालगायत कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति तथा प्रहरीलाई सम्मान गरिएको थियो ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह