2026-10-21 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने

काठमाडौँ | नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा चुनावको समीक्षा सातै प्रदेशमा गर्ने भएको छ । सातै प्रदेशका १६५ वटै निर्वाचन क्षेत्रको चुनावी समीक्षा र आगामी रणनीतिका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएर छलफल गरिने पार्टी महामन्त्री प्रदीप पौडेलले जनाएका छन् ।

पौडेलले चैत १६ गते आज सबै प्रदेश कार्यसमिति र कार्यक्रम हुने जिल्लाको जिल्ला कार्यसमितिलाई कार्यक्रम व्यवस्थापनको जिम्मा दिएको बताएका छन् । उनका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुसँग निर्वाचन समिक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिनेछ ।

कोशी प्रदेशमा यही चैत २३ गते कार्यक्रम हुनेछ । यसका लागि सहमहामन्त्री डिला संग्रौलालाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । यस्तै मधेश प्रदेशमा चैत २५ गते कार्यक्रम हुनेछ । मधेशका लागि सहमहामन्त्री फरमुल्लाह मंसुर प्रतिनिधि तोकिएका छन् । बागमती प्रदेशका लागि केन्द्रीय प्रतिनिधि सहमहामन्त्री बहादुर सिंह लामा तोकिएका छन् । हटौँडामा वैशाख ७ गते कार्यक्रम गर्ने तय गरिएको छ । यस्तै पार्टी प्रवक्ता देवराज चालिसेलाई केन्द्रीय प्रतिनिधि तोकिएको गण्डकीमा चैत २७ गते कार्यक्रम हुनेछ । यस्तै लुम्बिनी प्रदेशको कार्यक्रम चैत २९ गते दाङमा गरिनेछ भने केन्द्रीय प्रतिनिधि सहमहामन्त्री योगेन्द्र चौधरी तोकिएका छन् ।

यस्तै कर्णाली प्रदेशका लागि सहमहामन्त्री कर्णबहादुर बुढा प्रतिनिधि तोकिएका छन् भने कार्यक्रम वैशाख ३ गते सुर्खेतमा हुनेछ । यस्तै सहमहामन्त्री प्रकाश स्नेही रसाइली केन्द्रीय प्रतिनिधि तोकिएको सुदूरपश्चिममा वैशाख ५ गते कार्यक्रम हुने तय भएको छ । काठमाडौँ पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै बैठक गरी समानान्तर गतिविधि बढाइरहेका बेला कांग्रेसले सातै प्रदेशमा समीक्षात्मक कार्यक्रम घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ