१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच हजार कर्मचारीले बुझाएका छैनन् सम्पत्ति विवरण

१ आश्विन २०७४, आईतवार ०८:५१

असोज १, काठमाडौँ। चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । 

छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो ।

निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोेकेको थियो । अघिल्लो आवमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए । किताबखानामा आव शुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । 

गत साउन १ देखि भदौ २८ गतेभित्र कर्मचारीले गत आवको सम्पत्ति विवरण बुझाएका थिए । किताबखानाले विशेष र काबु बाहिरको स्थितिका लागि भने अझै ३० दिन समय तोकेको उहाँले बताउनुभयो । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० अनुसार रु पाँच हजार जरिवाना गरिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह